गौरापर्व सामाजिक पुनर्मिलनको अवसर : उपराष्ट्रपति यादव « Khabarhub

गौरापर्व सामाजिक पुनर्मिलनको अवसर : उपराष्ट्रपति यादव


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताएका छन् ।

गौरापर्व २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले गौरापर्वले परिवार, आफन्तजन र समुदायबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरे। गौरी–महेश्वरको आराधना गरिने गौरापर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको अनुपम प्रतीक हो ।

यस पर्वमा पाँच प्रकारका अन्नको मिश्रण ‘बिरुडा’ प्रसादस्वरुप ग्रहण गर्ने परम्परा रहिआएको छ । यस अवसरमा देउडा, धमारीजस्ता लोकनृत्य तथा गीतमार्फत महिला–पुरुष छुट्टाछुट्टै गोलबद्ध भई सामूहिक उत्सवका रूपमा मनाउने चलनले गौरापर्वलाई थप जीवन्त बनाएको छ ।

उपराष्ट्रपति यादवले भनेका छन्, ‘हिन्दू नारीद्वारा सुसौभाग्य, शुद्धता, सुख–शान्ति तथा समृद्धिको कामनासहित मनाइने यो पर्व एक सुसंस्कृत अनुष्ठानमात्र नभई भ्रातृत्व, सहअस्तित्व र मातृभूमिप्रतिको गहिरो प्रेमको अभिव्यक्ति पनि हो, विशेषतः विदेशमा रहेकाहरूले यस पर्वका अवसरमा आफ्नो थातथलोमा फर्केर पूजाआराधना गर्नु माटोप्रतिको उनीहरूको निष्ठा र भावनात्मक सम्बन्धको सशक्त प्रमाण हो ।’

गौरापर्वले जात, वर्ग, लिङ्ग वा हैसियतको भेदभावबिना सबैले एउटै वृत्तमा हातेमालो गर्दै पर्वको उल्लासमा सहभागी हुने परम्पराले सामाजिक समता, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी, लोककल्याण र सामाजिक समृद्धिको माध्यमका रूपमा प्रयोग गर्न सकियो भने पर्वहरू राष्ट्र निर्माणका आधार बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ०६ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर