आज देशभर १८औँ पुस्तकालय दिवस मनाइँदै « Khabarhub

आज देशभर १८औँ पुस्तकालय दिवस मनाइँदै


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज १८औँ पुस्तकालय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस मनाउन थालिएको हो ।

पुस्तकालय दिवसको यस वर्षको नारा ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ तय गरिएको छ ।

दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यो वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्दैछ ।

यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गरिँदै छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ३४ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि