उता प्रधानमन्त्रीले कुरा राखे, यता एमालेको धन्यवाद अभियान ! « Khabarhub

उता प्रधानमन्त्रीले कुरा राखे, यता एमालेको धन्यवाद अभियान !


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास हुँदै भारत र चीनबीच दुई साताअघि भएको व्यापार सम्झौताप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति प्रकट गरेको कुरालाई नेकपा एमालेले राष्ट्रवादी कोणबाट प्रचार गर्न थालेको छ।

चीनको थ्यानचिनस्थित सरकारी गेस्ट हाउसमा राष्ट्रपति सीसँग शनिबार भएको द्विपक्षीय भेटवार्ता क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएकाले त्यसलाई व्यापारिक मार्ग बनाउने गरी दुई छिमेकीले गरेको सहमतिलाई आपत्तिजनक भनेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले उक्त भेटघाटपछि पत्रकारहरूसँग भिडियो संवादका क्रममा नेपालको भूमिसम्मान र सीमा सार्वभौमिकतामा कुनै सम्झौता हुन नसक्ने कुरा ओलीले राखेको बताएका थिए । ओलीले भारत–चीनबीचको बुझाइबारे यसअघि नै आपत्ति पत्रसमेत दर्ता भएको जानकारी गराएको बेइजिङबाट परराष्ट्र सचिव राई र नेपाली दूतावासले जनाएको छ।

तर, लिपुलेक मुद्दामा नेपालको प्रष्ट धारणा कायम रहेको र नेपाल आफ्नो सीमा हकहितमा अडिग रहने बताएको कुरा नेपाली दूतावासको वक्तव्यमा पनि उल्लेख छ ।

शनिबार मध्यराति नेपाली दूतावासले वक्तव्य निकाल्दै ओलीले चीनसँग लिपुलेकबारे कुरा राखेको जनाएको छ । तर उता चिनियाँ विदेश मन्त्रालयले भने नेपालले ताइवान चीनकै भूभागका रुपमा रहेको वार्ताका क्रममा उल्लेख गरेको जनाइएको छ ।

उता चिनियाँ राष्ट्रपतिले भने लिपुलेक विवाद भारत र नेपालको भएकाले त्यसमा चीन नजोडिने जवाफ नेपाली टोलीला दिएका थिए । भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा ऐतिहासिक दस्तावेज समेतका आधारमा नेपालले आफ्नो दाबी गरिरहेको छ ।

उता भारतले भने नेपालको यस कुराको प्रतिवाद गर्दै आएको छ । प्रधानमन्त्रीले चीनसँग लिपुलेकबारे कुरा राखेको विषयलाई पहिलो पटक अन्तर्राष्ट्रियकरण भएको रुपमा पनि नेपाली कूटनीतिज्ञले व्याख्या गरिरहेका छन् ।

तर यसबारेमा भारतसँग वार्ता हुनै बाँकी छ । अब प्रधानमन्त्री ओली भारतीय विदेश सचिव विक्रम मिस्रीले भदौ पहिलो साता ल्याएको निम्तोपत्रका आधारमा आगामी भदौ ३१ गतेदेखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने छन् । लिपुलेक सहमति र ती क्षेत्रको भूभागमा नेपालको दाबीबारे ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्नै बाँकी छ ।

यता लिपुलेक र भारतद्वारा मिचिएको भनिएको पश्चिमी क्षेत्रको भूभागलाई लिएर प्रधानमन्त्रीले पहिलो पटक अन्तर्राष्ट्रियकरण गरेको भन्दै एमाले वृत्तले धन्यवाद अभियान थालेक छन् ।

प्रधानमन्त्रीको सचिवलायले ओलीको फेसबुक पेजमा आइतबारै बिहान एउटा पोस्ट गरेको थियो । जसमा ओलीको तस्बिरसहित लेखिएको थियो, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी… जय जय‍- नेपाल !’

ओलीको फेसबुक पेजमा चीनबाटै यो क्याप्सनसहितको तस्बिर पोस्ट भएपछि एमाले महासचिव शंकर पोखरेलले सोमबार बिहानै ‘धन्यवाद’ पोस्ट हाले ।

प्रधानमन्त्री ओली, आफ्नो तस्बिर र नेपालको राष्ट्रिय झण्डासहित हालिएको पोस्टले नेपालले लिपुलेकबारे चीनसँग उठाएको कुरालाई इंगित गरिएको छ। ओलीले चिनियाँ राष्ट्रपतिसँग लिपुलेक सम्झौताबारे कुरा उठाएको र उक्त भूमिमा नेपालको दाबी पेश गरेको कुरामा उनले धन्यवाद पोस्ट गरेका हुन् ।

उनीसँगै ओलीका मुख्य सल्लाहकार रहेका एमाले उपमहासचिव विष्णु रिमालले पनि चीनको थ्यान्चिनबाटै धन्यवाद पोस्ट गरे । उता एमाले उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि यही पोस्ट फेसबुकमा हालेका छन्। अर्का उपमहासचिव प्रदीप ज्ञवालीले पनि यही ट्रेन्ड पछ्याएका छन् ।

अध्यक्ष ओलीनिकट यी नेताहरूले फेसबुकमा धन्यवाद पोस्ट गरेसँगै अहिले एमाले कार्यकर्ताहरू त्यही ट्रेन्डलाई पछ्याउन थालेका छन् । एमाले नेता भीम ज्वाला राई पनि धन्यवाद पोस्टका लागि अघि सरेका छन् ।

तर उनीहरूको धन्यवाद पोस्टलाई केहीले समर्थन र केहीले विरोध गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतले हडपेको भूमि नै फिर्ता ल्याएको शैलीमा एमाले नेताहरू प्रचारमा उत्रिएको भन्दै आलोचना गरेका छन् ।

चीनसँग जस्तै भारतसँग पनि कुरा राखेर भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने भन्दै उनीहरूले यसलाई उग्रराष्ट्रवाद र सस्तो प्रचारबाजीको पनि संज्ञा दिएका छन् । तर एमाले कार्यकर्ताहरूले भने ओलीको कदम साहसिक भन्दै भारतसँग पनि त्यसैगरी कुरा राख्ने विश्वाससहित समर्थन जनाइरहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ४६ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका