बारा पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्- मलाई त साथीहरूले ‘सरप्राइज’ दिनुभयो « Khabarhub

बारा पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्- मलाई त साथीहरूले ‘सरप्राइज’ दिनुभयो


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला मधेश प्रदेश यात्रामा छिन् । वीरगञ्ज उद्योग वाणिज्य संघले गरेको ‘बृहत् महिला सम्मेलन : नारी शक्ति समर्पण र सम्मान’ विषयक महिला सम्मेलनमा शनिबार सहभागी भएकी भण्डारी आइतबार छिमेकी बारा पुगिन् ।

जहाँ उनले आइतबार बिहान प्रसिद्ध गढिमाईको दर्शनपछि मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा भाग लिइन् । गत असार १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जननेता मदन भण्डारीको ७५ औँ जन्मोत्सव मनाउने घोषणा भएको थियो ।

त्यही घोषणालाई कार्यान्वयनमा लैजाने क्रममा फाउन्डेसनको जिल्ला शाखा बाराले आइतबार पूर्वराष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरेको छ । मदनलाई सम्झिन कार्यक्रम गरिएको भनिए पनि खासमा त्यहाँ एमाले कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको थियो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलसहित दर्जनौँ नेताहरू देखिए । त्यसैगरी एमालेका सयौँ कार्यकर्ता पनि पूर्वराष्ट्रपतिसँगको भेटघाटमा सहभागी भए ।

उक्त भेटघाट कार्यक्रममा क्रममा भण्डारी निकै समयपछि बारा जिल्लामा आउन पाएको बताइन् । उनले आफू आउँदा मदन भण्डारी फाउन्डेशन बारा जिल्ला कमिटीले कार्यक्रमा राखेमा आभार प्रकट गरिन्।

‘वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रमपछि गढिमाई दर्शन पनि गरौँ भनेर बारा आएकी हुँ । असार १४ गते हामीले काठमाडौंमा मदनको ७४ औँ जन्मजयन्ती समारोह गरेका थियौँ । त्यसबेला देखि नै स्वर्गवासी नेताबारे नयाँ पुस्तामा चर्चा लैजानुपर्छ भनेका थियौँ’, उनले भनिन्, ‘विद्यार्थी र युवाले रुचीअनुसार अध्ययन गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका साथै आफ्नो देशको बारेमा पनि उनीहरूले थाहा पाउनुपर्छ ।’

उनले मदन भण्डारीको ७५ औँ जन्मजयन्ती नयाँ पुस्तामा लगेर मनाउनुपर्छ भन्ने योजना आफूहरूले बनाएको बताइन् । ‘यहाँ ७५ औँ जन्मजयन्तीको अवसरमा कार्यक्रममा गर्नु भएकोमा खुसी लागेको छ। मलाई त यहाँ आइपुग्दा सरप्राइज जस्तै भएको छ’, उनले भनिन्, ‘मलाई बारा आइपुग्दा सरप्राइज भयो । मदन भण्डारीको ७५ औँ जन्मोत्सव मनाउने बारा जिल्ला पहिलो कमिटी हुन्छ जस्तो पनि लागेको थियो । बारा जिल्लाले मदन भण्डारीजीको ७५ औँ जन्मजयन्ती मनाएकोमा आभारी छु ।’

पूर्वराष्ट्रपतिको उपस्थितिमा मदन भण्डारीलाई सम्झिने उक्त कार्यक्रममा लोकसेवा आयोगबाट सरकारी जागिरमा नाम निकालेका चारजनालाई सम्मानित पनि गरिएको छ।

‘म बारा जिल्लाका नेता र पदाधिकारीलाई हामीले अलिकति शिक्षा र स्वास्थ्यको क्षेत्रमा ध्यान दिनुपर्‍यो भन्न चाहन्छु । उनीहरूको चौतर्फी विकासका लागि के के गर्न सकिन्छ, मिलेर गरौँ’, उनले भनिन्, ‘नानीहरूलाई प्रतिस्पर्धाबाट सरकारी सेवामा संलग्न हुनु भएकोमा बधाई । देशको लागि के गर्नुपर्छ भनिनरहनु परेन । जनताको, राष्ट्रको सेवामा लाग्नुस्, जनतालाई खुसी बनाउन लाग्नुस् ।’

शनिबार मात्रै वीरगञ्ज जाने क्रममा उनलाई सिमरा विमानस्थलमा एमालेका कार्यकर्ताहरूले विशेष स्वागत गरे । विमानस्थलमै उनलाई ५५ किलोको माला लगाइदिएर एमाले नेतृत्वलाई उनी एक्लै नरहेको सन्देश कार्यकर्ताहरूले दिए ।

उनलाई एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, मधेश प्रदेश सचिवालय सदस्य जयप्रकाश थारू, केन्द्रीय सदस्य केदार न्यौपाने र अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगरका पार्टी अध्यक्ष नवराज शर्मा, बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायतले स्वागत गरेका थिए ।

पार्टी नेतृत्वले भण्डारीको सदस्यताको विषयलाई लिएर कुनै पनि बहसमा सहभागी नहुन निर्देशन दिएको थियो । यता भण्डारी मधेश जाने भएपछि कोही पनि नेता-कार्यकर्ताले उनको स्वागतमा नजान र कार्यक्रममा पनि सहभागी नहुन एमाले नेतृत्वले कडा निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १ : ४६ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका