यल्लो प्यागोडामा नाउपा केन्द्रीय समिति बैठक, रेशम पक्षीय नेता सहभागी भएनन् « Khabarhub

यल्लो प्यागोडामा नाउपा केन्द्रीय समिति बैठक, रेशम पक्षीय नेता सहभागी भएनन्


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरू भएको छ ।

आइतबार मध्यान्ह कान्तिपथस्थित होटल यल्लो प्यागोडामा नाउपाको बैठक सुरू भएको हो ।

तर यस बैठकमा बैठकमा पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी पक्षधर नेताहरू कोही पनि उपस्थित भएका छैनन् ।

बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठ चौधरी पक्षधर नेताहरू मात्रै सहभागी भएका छन् ।

एक नेताका अनुसार खबर गरिए पनि रेशम पक्षधर कोही पनि नेताहरूको बैठकमा उपस्थिति देखिएको छैन।

यस्ता छन् प्रस्तावहरू

१. समसामयिक राजनैतिक विषय सम्बन्धमा ।
२. विधान संशोधन सम्बन्धमा ।
३. केन्द्रीय सदस्य मनोनयन सम्बन्धमा ।
४. निर्वाचन आयोगमा अध्यावधिक सम्बन्धमा ।
५. विविध ।

यस बैठकमा रञ्जिताले पार्टीका संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखहरूलाई पनि आमन्त्रण गरेकी थिइन् ।

पति पत्नीसमेत रहेका रेशम र रञ्जिताको कलहका कारण अहिले नाउपामा समानान्तर गतिविधि चलिरहेको छ। दुई समूहबिचको विवादका कारण नाउपाका हरेक गतिविधि प्रभावित बन्दै आएका छन् ।

यसअघि चौधरी पक्षले श्रेष्ठलाई गत साउन १५ गते पहिलो राष्ट्रिय भेला गर्दै पार्टी अध्यक्षबाटै हटाए पनि निर्वाचन आयोगले मान्यता दिएन । 

त्यसपछि २८ साउनमा निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको थियो ।

नाउपा रेशम पक्षको साउन १४ र १४ गतेको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरे पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्षमा कायम छिन् ।

राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानअनुसार राष्ट्रिय भेला वैधानिक नभएको ठहर आयोगले गरिदिएपछि रञ्जिता ढुक्क भएकी हुन् ।

पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत् श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो ।

तर उनी भदौ ४ देखि पार्टी अध्यक्षसँगै संसदीय दलको नेता पनि भएकी छन् । उनले दलका तत्कालीन नेता गंगाराम चौधरीलाई हटाएकी थिइन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : १४ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा