यल्लो प्यागोडामा नाउपा केन्द्रीय समिति बैठक, रेशम पक्षीय नेता सहभागी भएनन् « Khabarhub

यल्लो प्यागोडामा नाउपा केन्द्रीय समिति बैठक, रेशम पक्षीय नेता सहभागी भएनन्


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरू भएको छ ।

आइतबार मध्यान्ह कान्तिपथस्थित होटल यल्लो प्यागोडामा नाउपाको बैठक सुरू भएको हो ।

तर यस बैठकमा बैठकमा पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी पक्षधर नेताहरू कोही पनि उपस्थित भएका छैनन् ।

बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलकी नेता रञ्जिता श्रेष्ठ चौधरी पक्षधर नेताहरू मात्रै सहभागी भएका छन् ।

एक नेताका अनुसार खबर गरिए पनि रेशम पक्षधर कोही पनि नेताहरूको बैठकमा उपस्थिति देखिएको छैन।

यस्ता छन् प्रस्तावहरू

१. समसामयिक राजनैतिक विषय सम्बन्धमा ।
२. विधान संशोधन सम्बन्धमा ।
३. केन्द्रीय सदस्य मनोनयन सम्बन्धमा ।
४. निर्वाचन आयोगमा अध्यावधिक सम्बन्धमा ।
५. विविध ।

यस बैठकमा रञ्जिताले पार्टीका संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखहरूलाई पनि आमन्त्रण गरेकी थिइन् ।

पति पत्नीसमेत रहेका रेशम र रञ्जिताको कलहका कारण अहिले नाउपामा समानान्तर गतिविधि चलिरहेको छ। दुई समूहबिचको विवादका कारण नाउपाका हरेक गतिविधि प्रभावित बन्दै आएका छन् ।

यसअघि चौधरी पक्षले श्रेष्ठलाई गत साउन १५ गते पहिलो राष्ट्रिय भेला गर्दै पार्टी अध्यक्षबाटै हटाए पनि निर्वाचन आयोगले मान्यता दिएन । 

त्यसपछि २८ साउनमा निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको थियो ।

नाउपा रेशम पक्षको साउन १४ र १४ गतेको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरे पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्षमा कायम छिन् ।

राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानअनुसार राष्ट्रिय भेला वैधानिक नभएको ठहर आयोगले गरिदिएपछि रञ्जिता ढुक्क भएकी हुन् ।

पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत् श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो ।

तर उनी भदौ ४ देखि पार्टी अध्यक्षसँगै संसदीय दलको नेता पनि भएकी छन् । उनले दलका तत्कालीन नेता गंगाराम चौधरीलाई हटाएकी थिइन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : १४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका