तीनै तहको सरकार मिलेर पुस्तकालयलाई बलियो बनाउन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

तीनै तहको सरकार मिलेर पुस्तकालयलाई बलियो बनाउन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।  

१८ औँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालय दिवस मूल समारोह समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले देशभर विभिन्न निकायले सञ्चालन गरेका पुस्तकालयलाई डिजिटलाइजेन गर्दै तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् ।

युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेको उनले बताए । उनले विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको धारणा राखे । 

त्यस्तै मन्त्री गुरुङले डिजिटल इकोनोमिलाई बढावा दिनका लागि आवश्यक निर्देशिका कार्यान्वयनमा रहेको बताए  । सन २०३० सम्म नेपालको जिडिपीमा डिजिटल इकोनोमिको योगदान ३ प्रतिशत पुराउने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ । 

उनले सामाजिक प्लेटफर्म नेपालमा दर्ता नभए चल्न नदिनु भन्ने सर्वोच्चको आदेश कार्यान्वयनका लागि अन्तिम पटकका लागि सात दिनको समय तोकेको बताए ।  

त्यसैगरि मन्त्री गुरुङले अवदेखी बैंक नोट बाहेक सबै चिजहरू हुलाक टिकट, स्मार्ट कार्डहरू लगायत सुरक्षण मुद्रण केन्द्रमा छापिने जानकारी दिए  ।

 नेपाल सरकारले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएको सम्झनामा हरेक वर्ष भाद्र १५ गते यो दिवस मनाउने गरिएको हो । 

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : १० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र