तीनै तहको सरकार मिलेर पुस्तकालयलाई बलियो बनाउन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

तीनै तहको सरकार मिलेर पुस्तकालयलाई बलियो बनाउन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।  

१८ औँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालय दिवस मूल समारोह समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले देशभर विभिन्न निकायले सञ्चालन गरेका पुस्तकालयलाई डिजिटलाइजेन गर्दै तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् ।

युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेको उनले बताए । उनले विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको धारणा राखे । 

त्यस्तै मन्त्री गुरुङले डिजिटल इकोनोमिलाई बढावा दिनका लागि आवश्यक निर्देशिका कार्यान्वयनमा रहेको बताए  । सन २०३० सम्म नेपालको जिडिपीमा डिजिटल इकोनोमिको योगदान ३ प्रतिशत पुराउने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ । 

उनले सामाजिक प्लेटफर्म नेपालमा दर्ता नभए चल्न नदिनु भन्ने सर्वोच्चको आदेश कार्यान्वयनका लागि अन्तिम पटकका लागि सात दिनको समय तोकेको बताए ।  

त्यसैगरि मन्त्री गुरुङले अवदेखी बैंक नोट बाहेक सबै चिजहरू हुलाक टिकट, स्मार्ट कार्डहरू लगायत सुरक्षण मुद्रण केन्द्रमा छापिने जानकारी दिए  ।

 नेपाल सरकारले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएको सम्झनामा हरेक वर्ष भाद्र १५ गते यो दिवस मनाउने गरिएको हो । 

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  २ : १० बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली