कैलालीको गेटमा डा. केसीले सुरु गरे २३ औँ सत्याग्रह  « Khabarhub

कैलालीको गेटमा डा. केसीले सुरु गरे २३ औँ सत्याग्रह 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह सुरु गरेका छन् । 

शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् । 

प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैर जिम्मेवार निर्णय गरेको आरोप डा.केसीले जारी गरेको विज्ञप्तिमा लगाइएको छ । उनले यो कदम चिकित्सा शिक्षा ऐनको मर्म विपरीत भएको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन्,विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेताहरू र माफियाको झोला मात्र भरिन्छ, तर शिक्षाको गुणस्तरमा ह्रास आउँछ, जसको प्रत्यक्ष असर आम नेपालीको स्वास्थ्य सेवामा पर्छ । 

डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल तत्काल खोल्नुपर्ने, कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । 

उनले लिपुलेकमा भइरहेको सीमा मिचाइको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका छन्। साथै, युक्रेनमाथि रुसको आक्रमण र गाजामाथि इजरायलको आक्रमणविरुद्ध पनि आवाज उठाउँदै युद्ध रोक्नुपर्ने माग गरेका छन् ।

सत्याग्रहको घोषणा गर्दै डा.केसीले भनेका छन्, गलत रूपमा गरिएको निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्छ र पूर्व सम्झौताहरू तत्काल कार्यान्वयन हुनुपर्छ। अन्यथा स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गम्भीर संकट आउनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : १४ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार