दोलखामा भेटिए ३ सय बढी क्यान्सर रोगी ! « Khabarhub

दोलखामा भेटिए ३ सय बढी क्यान्सर रोगी !


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

दोलखा– उपयुक्त खानपान नमिल्दा जिल्लामा पछिल्ला वर्षहरूमा क्यान्सर रोगका बिरामी दैनिक वृद्धि भइरहेका छन् । पछिल्लो वर्ष क्यान्सरले ४६ जनाले ज्यान गुमाएका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेकोे यस जिल्लामा हाल ३ सय ३६ जना क्यान्सरका सक्रिय बिरामी रहेको पाइएको छ ।
जिल्लामा सबैभन्दा बढी क्यान्सर संक्रमितको संख्या जिरी नगरपालिकामा रहेको छ भने,क्यान्सरबाट मृत्यु हुनेको बढी संख्या शैलुङ गाउँपालिकामा रहेको छ ।

जिल्लाभरको तथ्यांक हेर्दा जिरी नगरपालिकामा ६३ जना क्यान्सर पीडित बिरामी रहेको जिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव दाहालले बताए । उनका अनुसार पछिल्लो ५ वर्षको अवधिमा वार्षिक क्यान्सर रोगका बिरामी थपिँदै गाएका हुन ।गएको साल २०७७/०७८ मा जिरी ११ जना क्यान्सर रोगी थिए ।

हाल उक्त संख्या वृद्धि हुँदै ६३ पुगेको छ । उक्त रोग संक्रमणका कारण यहीँ अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी जिरीपछि वैतेश्वरमा बढी क्यान्सर रोगी रहेका छन् ।

वैतेश्वर अघिल्लो आर्थिक वर्ष २०८१/०८२को असार मसान्तसम्म ५८ जना क्यान्सर रोगी रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पालिकाको तथ्यांकअनुसार क्यान्सरका कारण ५ जनाको मृत भएको छ । त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिका पनि क्यान्सरका बिरामी वृद्धि हुँदै गएको छ ।

अघिल्लो वर्ष ३५ जना क्यान्सर रोगी रहेको मेलुङमा अहिले उक्त संख्या वृद्धि हुँदै ४६ पुगेको मेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले जानकारी दिए । क्यान्सरका कारण यस पालिकाका २ जनाको मृत्यु भएको छ ।

जिल्लाको विगु गाउँपालिका पनि ३३ जना क्यान्सर रोगी रहेका छन्। गत वर्ष ३९ जना क्यान्सर रोगी रहेको विगुमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको र हाल ३६ जना सक्रिय क्यान्सर रोगी रहेको विगु गाउँपालिकाले जनाएको छ ।

शैलुङमा पछिल्लो २४ महिनामा १७ जनाको मृत्यु

जिल्लाको शैलुङ गाउँ गाउँपालिका क्यान्सर संक्रमणको कारण पछिल्लो २४ महिनामा १७ जनाको ज्यान गएको शैलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले जानकारी दिए ।

जिल्लाको भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा हाल ३२÷३२ जना क्यान्सरका सक्रिय बिरामी रहेका छन् ।
यता तामाकोशी गाउँपालिका पनि ३२ जना क्यान्सर संक्रमित उपचाररत रहेको गाउँपालिकाले जनाएको छ । 

गत जेठसम्म ३५ जना संक्रमित रहेको तामाकोशीमा एकै वडाका ३ जनाको मृत्यु भएको र हाल २४ महिला र ८ पुरुषगरी ३२ जना बिरामी औषधी उपचार गरिरहेका छन् । 

त्यसैगरी गौरीशंकर गाउँपालिकामा संक्रमण दर न्युन रहे पनि मृत्युदर भने उच्च रहेको छ।यस पालिकामा १५ जना क्यान्सर संक्रमित रहेकोमा गत वर्ष ५ जनाको मृत्यु भएको छ ।

हाल यहाँ १० जना क्यान्सरका सक्रिय बिरामी रहेका छन्।समग्रमा जिल्लाभर क्यान्सरका कारण मृत्यु हुनेको संख्या पनि उच्च रहेको छ । पछिल्लो वर्ष अवधिमा सम्बन्धित स्थानीय तहको सम्पर्कमा रहेर औषधि उपचार खर्च बुझिरहेका ४६ जनाको क्यान्सरको कारण मृत्यु भएको छ ।

क्यान्सर रोग उपयुक्त खानपान,जीवनशैली, वंशाणुगत ,धूम्रपान,मदिरा सेवन लगायतका कारण संक्रमण हुने गर्दछ । क्यान्सर संक्रमण हुनेहरु जिल्लामा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । महिलाहरू मुख्यगरी पाठेघर,स्तन क्यान्सर हुने गरेको छ ।

स्थानीय,प्रदेश र संघीय सरकारले क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल, एनेमिया, हेड इन्जुरी, स्पाईनल इन्जुरी र अल्जाईमर जस्ता रोगीलाई मासिक औषधि उपचार खर्च दिने प्रावधान छ । 

यस्तै, पालिकाले नियमित उपचार खर्च ५ हजार संघीय सरकारले एक लाख र बागमती प्रदेश सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । केही पालिकाले भने,उक्त रोगीहरूको उपचारको लागि २० हजारसम्म दिने गरेका छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ५ : १२ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा

विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह

जनकपुरधाम – नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले

इटालीका प्रधानमन्त्रीले भनिन्: रुस–युक्रेन युद्ध तत्काल अन्त्य गर्नुपर्छ

रोम – इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युक्रेन युद्ध अन्त्य गर्न

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि

धनुषा – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ