रुपन्देही ३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट « Khabarhub

रुपन्देही ३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३को उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट एकजना उम्मेदवारको नाम टुङ्गो लगाएको हो।

आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाएको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले बताए ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई आकांक्षी ९ जनामध्ये टिकट दिएको हो ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बसेपछि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेटेका थिए ।

त्यहाँ रविले आकांक्षीहरूलाई जसले टिकट पाएपछि अरूले असन्तुष्ट हुन नहुने बताएका थिए । सचिवालय बैठक र रविसँग आकांक्षीको छलफलपछि कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो।

रास्वपाले ७ साउन २१ गतेसम्म रुपन्देही ३ को उम्मेदवारका लागि आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका थिए । रास्वपाका लुम्बिनी इञ्चार्ज विपिन आचार्यले पूर्ण रुपमा प्रजातान्त्रिक प्रक्रियाबाट उम्मेदवार छानिएको बताए ।

आवेदन दिएका आकांक्षी सबैले कात्तिक १७ गते रुपन्देही ३ मा घण्टी बजाउने वाचा गरेका थिए । उनीहरूले यसअघि नै जसलाई टिकट दिए पनि आफ्नो असन्तुष्टि नरहने भन्दै हस्ताक्षरसमेत गरेका थिए ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वपाले उम्मेदवारको आकांक्षीका लागि २५ हजार शुल्क निर्धारण गरेको थियो।

पार्टी सचिवालय बैठक बस्नअगाडि नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई रास्वापाबाट उम्मेदवारका सबै आकांक्षीले भेटेका थिए।

को हुन थापा ?

थापा न्यूरोलोजिस्ट डाक्टर हुन् । उनी थापा परिवारका आठौँ सन्तान हुन् । उनका बुवा न्यायाधीश थिए । उनी तीन वर्ष अगाडिबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनी रुपन्देहीको अञ्चलापुरमा जन्मिएका हुन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ३४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर