कांग्रेसको ध्यान जनताको चुलो र जनस्वास्थ्यमा हुनुपर्छ : नेता बराल « Khabarhub

कांग्रेसको ध्यान जनताको चुलो र जनस्वास्थ्यमा हुनुपर्छ : नेता बराल


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तासाझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले आम नेपालीको ‘चुलो महँगिएको’ बताएका छन्।

आइतबार पर्साको वीरगञ्जमा विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ताले स्वस्थ्य वस्तु प्राप्त गर्न नसकेको र अनियन्त्रित मूल्यवृद्धिको मार खेपिरहेको उल्लेख गरे।

कांग्रेसले देशमा ठूला परिवर्तन गरेको स्मरण गराउँदै उनले अब पार्टीको ध्यान जनताको चुलोचौको र जनस्वास्थ्यमा केन्द्रित हुनुपर्ने धारणा राखे।

‘कांग्रेसले देशमा ठूला परिवर्तन गर्‍यो, अब कांग्रेसको ध्यान जनताको चुलोचौको, उनीहरूको दिनचर्या र जनस्वास्थ्यमा हुनुपर्छ भन्ने सन्देश स्थापित गर्नुपर्छ,’ बरालले भने।

व्यवसायीहरू पनि आफ्नै पीडामा गुज्रिरहेको भन्दै बरालले यसतर्फ कांग्रेस सहभागी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। साथै उनले भारतसँग सीमा जोडिएका नेपाली बजारहरूमा ‘बजार सन्तुलन’को अभाव रहेको बताए।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ८ : ०३ बजे

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्