भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण « Khabarhub

भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमबीच बिर्तामोड–७ का उनीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

वर्षौंदेखि जग्गाधनी पूर्जाको पर्खाइमा रहेका बिर्तामोड–७ का निरानध्वज लिम्बू, अमृतबहादुर लिम्बू, निर्मला लिम्बू, हरिकला मगर, मसिप्रकाश राई, आइतराज लिम्बू, मैतिमाया लिम्बू, गुरुदेव घिमिरे र कृष्णबहादुर थापालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

जग्गाधनी पूर्जा वितरण गर्दै बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रक्रिया पूरा भएका अन्य नगरवासीलाई चाँडै पूर्जा वितरण गरिने बताए ।

बिर्तामोड–७ का वडाध्यक्ष अविरलकृष्ण खरेलले वडाहरुले प्रक्रिया अघि बढाइरहेकाले नगरका एक हजार २०० भन्दा बढी भूमिहीन सुकुम्वासीलाई पूर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।उनका अनुसार बिर्तामोड–७ मा ३९ दलित, ९३ सुकुम्वासी र २७७ अव्यवस्थित परिवार छन् ।

जग्गा स्रेस्ता, मोठ कायम गरेर वितरण गरिएकाले बैङ्कमा कारोबार गर्न पाउने भए पनि १० वर्षसम्म बिक्री–वितरण गर्न नपाइने व्यवस्था रहेको भूमि समस्या समाधान आयोग बिर्तामोडका प्रमुख विमल पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ८ : ५९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी