स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन « Khabarhub

स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रसुवा – बाढीले क्षति पुर्‍याएको स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म यातायात सञ्चालनमा आएको छ । पहिलो हटाएपछि उक्त सडक सञ्चालनमा आएको हो ।

स्याफ्रुवेशी–रसुवागढी सडक खण्डअन्तर्गत करिब १३ किमी सडक सञ्चालनमा आएको हो भने टिमुरेदेखि रसुवागढी मितेरी पुलसम्मका दुई स्थानमा १५० मिटर नयाँ ट्रयाक बनाउन काम भइरहेको छ।

यता त्रिशुली नदीले सडक तथा घर–जग्गा कटान गरेको खाल्टे क्षेत्रमा ढुङ्गा भराई गरी भाद्र ५ गतेदेखि एकतर्फी यातायात सञ्चालनमा आएको छ।

सडक विभागका अनुसार गल्छी–त्रिशुली–मैलुङ खण्डमा करिब १०० मिटर र मैलुङ–स्याफ्रुवेशी खण्डमा करिब ७०० मिटर सडक पहिरो तथा नदी कटानले क्षतिग्रस्त भएको थियो। त्यस्तै, स्याफ्रुवेशी–रसुवागढी खण्डमा १८ स्थानमा करिब १७०० मिटर सडक अवरुद्ध भएको थियो।

विभागीय मेसिनरी र उपकरण प्रयोग गरी कटान भएका क्षेत्रमा नयाँ ट्रयाक खोल्ने कार्य भइरहेको र कठिन भूगोल तथा अविरल वर्षाका कारण चुनौतीपूर्ण भए पनि करिब १० दिनभित्र सम्पूर्ण सडक सञ्चालन हुने अपेक्षा गरिएको छ।

यससँगै रसुवागढी नाकामा निर्माणाधीन मितेरी पुलको चीनतर्फ बेलीब्रिज जडान तथा जग निर्माणको काम अघि बढिरहेको भए पनि नेपालतर्फ बेलीब्रिजको जग हालसम्म निर्माण हुन सकेको छैन।

सडक विभागले कटान रोक्ने र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन निरन्तर काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ५७ बजे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः