गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि « Khabarhub

गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन्। आइतबार राति राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।

सोनामले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। सोही अवसरमा फस्ट रनरअप घोषित बबिता थापामगरले १० लाख रुपैयाँ जितिन् भने सेकेन्ड रनरअप दर्शना गान्धारीले ५ लाख रुपैयाँ हात पारिन्।

त्यस्तै, अभिनय खाती र मृनल मानन्धरले चौथो तथा पाँचौं स्थान हासिल गर्दै दुवैले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन्।

फिनालेमा गंगा सोनाम, बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धरबीच कडा प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रस्तुति र दर्शकको भोटका आधारमा अन्ततः सोनाम विजेता बनेकी हुन्।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १० : ४८ बजे

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं– पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना