आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। कात्तिक शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३१ तारिख। विश्व सहरीकरण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंले बोल्दा भने सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर प्राप्त हुने सम्भावना छ। शिक्षामा सफलता मिल्नेछ।

वृष : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। मिल्ने साथी विपक्षीको मोर्चामा पुग्नेछन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

मिथुन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। गुरुसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने आवश्यक छ।

कर्कट : दिन सामान्य छ। साथीभाइ नै विरोधमा सक्रिय छन्। तपाईंले विश्वास गरेका पात्र विपक्षीको मोर्चामा उभिएका छन्। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार हुनेछ। समाज र परिवारमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : दिन सामान्य छ। तपाईंमाथि व्यवहारिक बोझ थपिने छ। आफन्तले काममा अवरोध गर्नेछन्। परिवारको साथमा काम गर्नुपर्ने छ। शिक्षामा सुधार हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नसक्छ।

तुला : दिन राम्रो छ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। तपाईंको योजना सफल बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नुपर्ने छ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

धनु : दिन सामान्य छ। खर्च बढ्नेछ। सोचेको काम बन्दा अनावश्यक खर्चले सताउने छ। यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। स्वदेशमै रोजगारीको विकल्प देखेर मन रमाउने छ। स्वास्थ्य र शिक्षाको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुने देखिन्छ।

कुम्भ : दिन राम्रो छ। साथीसँगको भेटले मन प्रशन्न हुनेछ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मीन : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। अग्रज व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ०९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री