निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन « Khabarhub

निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि निजी क्षेत्रमा सुरक्षा चिन्ता बढेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिएका छन्। बिहीबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई परिपत्र गर्दै गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्।

प्रदर्शनकाकारण भएको नोक्सानी र निजी क्षेत्रको अवस्थाको विषयमा आवश्यक छलफल र सुरक्षाको तयारी गर्न सिडिओलाई गृहमन्त्रीले निर्देशन दिएका हुन्।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामार्फत गृहमन्त्री अर्यालले यस्तो पत्र पठाएका हुन्।

पत्रमा जिल्लास्तरीय उद्योग वाणिज्य संघलगायतका व्यावसायिक संगठनलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : २४ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति