पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’ « Khabarhub

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार बसेको बैठक बहिष्कार गरे ।

तर सानेपाको बैठक बहिष्कार गरेका उनी शुक्रबार बिहान विशालनगरस्थित नेता डा. शेखर कोइराला पक्षको छलफलमा सहभागी भए।

नेता कोइरालाको आयोजनामा भएको उक्त बैठकमा कांग्रेसको नियमित अर्थात् आगामी १५ औँ महाधिवेशनको कार्यतालिकाको खाका कोरिएको छ ।

उक्त महाधिवेशन कार्यतालिकाको खाकासहित गगन र अर्का महामन्त्री विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन् ।

उक्त तालिका सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई भेटेर बिहानै दबाब दिएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि बनाइएको उक्त तालिका शुक्रबार बस्ने बैठकमा प्रस्तुत गरिनेछ।

‘हामीले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्छ भनेर कार्यतालिका बनाएका छौँ । त्यो कार्यतालिका आजको बैठकमा प्रस्तुत गरेर सर्वम्ममतिले पारित गर्न महामन्त्रीद्वयले कार्यवाहक सभापतिलाई भेट्नुभएको छ’, उनले खबरहबलाई भने, ‘हामी जसरी पनि यो निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्ने पक्षमा छौँ। त्यसैअनुरुप कार्यतालिका बनाएका छौँ ।’

यसअघि बिहीबार महाधिवेशनसम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने तयारी गर्दा कार्यबाहक सभापति खड्का तयार नभएपछि थापाले सानेपामा बसेको बैठक नै बहिष्कार गरेका थिए ।

उपसभापति गुरुङका अनुसार यो कार्यतालिका धेरै केन्द्रीय सदस्यहरूको सल्लाह र पदाधिकारीसँगको छलफलबाट तय गरिएको हो ।

शेखरले पार्टीभित्रको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफूनिकट पदाधिकारीसँग शुक्रबार बिहान छलफल गरेका थिए ।

उक्त छलफलमा महामन्त्री गगन र विश्वप्रकाश दुवैजना मिसिए । विशालनगरमा भएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू थापा र शर्मा, सह-महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे पनि जोडिए । त्यहीँ भएको यो छलफलले कांग्रेसको नियमित महाधिवेशनको कार्यतालिकाको खाका बनाएको हो ।

उक्त खाकालाई शुक्रबार सानेपामा बस्ने बैठकमा पेश गरेर पास गराउने रणनीतिमा कोइराला पक्ष छ । बिहीबारको बैठकमा नमानेका कार्यवाहक सभापति खड्का यो सामूहिक दबाबका कारण मान्न बाध्य हुने उनीहरूको आँकलन छ।

बिहीबार बसेको कांग्रेस बैठकअघि खड्का, थापा र अर्का महामन्त्री शर्माले छलफल गरेका थिए। उक्त छलफलमा थापाले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेको खड्कालाई बताएका थिए। तर, खड्का यसमा तयार नभएपछि बैठक बहिष्कार गरेर केन्द्रीय कार्यालय परिसरबाट थापा बाहिरिएका थिए।

बिहीबारको बैठकअघि महामन्त्री शर्माले महाधिवेशन वा विशेष महाधिवेशनको विषयमा कार्यवाहक सभापति खड्कालाई चार प्रस्ताव सुझाएका थिए।

थापाले पनि शर्माकै प्रस्तावअनुसार आफूले तालिका पेस गर्न लागेका सुनाएका थिए। तर, खड्काले अहिले महाधिवेशनको समय नभएको जवाफ दिँदै चुनावको तयारीमा लाग्नुपर्ने निष्कर्ष निकालेकोले सुनाए ।

कांग्रेस बैठकमा महामन्त्रीले एजेन्डा प्रस्तुत गर्छन्। तर ती एजेन्डामा पहिले सभापतिले समर्थन जनाउनुपर्छ ।

थापाले मंसिर २७–२९ को नियमित महाधिवेशन गर्न सकिने बताइरहेका छन् । यसअघि पनि उनले कार्यसम्पादन समिति बैठकमा यो प्रस्ताव गरेका थिए।

बिहीबारको कांग्रेस बैठकअघि थापाले उक्त मितिमा नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनको तयारी गर्न र मिति तोक्न खड्कालाई दबाब दिएका थिए।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरिसकेका छन्। विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरूले असोज २९ गते केन्द्रीय कार्यालयमा खड्कालाई निवेदन बुझाएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : २९ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने