जेन-जी आन्दोलनपछि पनि शीर्ष नेताले छाडेनन् पद, योगेश भट्टराई भन्छन्, ‘वैधता गुमिसकेको छ’ « Khabarhub

जेन-जी आन्दोलनपछि पनि शीर्ष नेताले छाडेनन् पद, योगेश भट्टराई भन्छन्, ‘वैधता गुमिसकेको छ’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले देशमा ठूलो राजनीतिक हलचल ल्याए पनि ठूला दलका शीर्ष नेताहरू अझै पद त्याग्न तयार छैनन् ।

आन्दोलनपछि सत्ताच्युत भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः ११औं महाधिवेशनबाट अध्यक्षमा कायमै रहने तयारीमा छन् ।

जेन–जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनाको राजनीतिक जिम्मेवारी खेपिरहेका ओलीलाई नेताहरूले पद त्याग्न दबाब दिए पनि उनले नमानेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिए पनि, आफू एक पटक फेरि प्रधानमन्त्रीमा फर्किने योजनामा रहेको स्रोतहरू बताउँछन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गर्दै पार्टी कमिटी नै विघटन गरी आफूलाई संयोजक तोकेका छन् ।

तीनै पुराना दलका नेताहरू कानुनी रूपमा पार्टी नेतृत्वमा भए पनि राजनीतिक र नैतिक वैधताको प्रश्न तीव्र बनेको छ ।

यस्तोमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेतृत्वलाई तीन किसिमको वैधता आवश्यक हुने बताउँदै चेतावनी दिएका छन् । उनका अनुसार अहिलेको अवस्थामा शासन गर्न कानुनी वैधता (संख्या), राजनीतिक र नैतिक आचरण चाहिन्छ ।

उनले देशको अहिलेको अवस्थामा कानुनी संख्यालाई मात्रै मान्न नसकिने बताएका छन् । ‘आजका लागि शासन गर्न कानुनी (संख्या), राजनीतिक र नैतिकसहित तीनवटा वैधता चाहिन्छ’, उनले भनेका छन्, ‘जब राजनीतिक र नैतिक वैधता गुम्छ, कानुनी वैधता पनि स्वतः समाप्त हुन्छ ।’

भट्टराईले यो सिद्धान्त क्लब, संस्था, पार्टी वा राज्य—सबै क्षेत्रमा समान रूपमा लागू हुने राजनीतिक र कानूनी नियम भनेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ५१ बजे

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए

भारी वर्षापछि लुम्बिनीका मुख्य सात सडक अवरुद्ध

बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी

पछिल्लो बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

काठमाडौँ, अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

रुस–युक्रेनबीच हवाई आक्रमण तीव्र, सात जनाको मृत्यु

किएभ । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा

बाजागाजासहित इन्द्रायणीलाई द्यो छेँ इन्द्रलाई भित्र्याउँदै जात्रा सम्पन्न

भक्तपुर । इन्द्रजात्राको दिन सुरु भएको भक्तपुरको इन्द्र दह अर्थात