जेन-जी आन्दोलनपछि पनि शीर्ष नेताले छाडेनन् पद, योगेश भट्टराई भन्छन्, ‘वैधता गुमिसकेको छ’ « Khabarhub

जेन-जी आन्दोलनपछि पनि शीर्ष नेताले छाडेनन् पद, योगेश भट्टराई भन्छन्, ‘वैधता गुमिसकेको छ’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले देशमा ठूलो राजनीतिक हलचल ल्याए पनि ठूला दलका शीर्ष नेताहरू अझै पद त्याग्न तयार छैनन् ।

आन्दोलनपछि सत्ताच्युत भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः ११औं महाधिवेशनबाट अध्यक्षमा कायमै रहने तयारीमा छन् ।

जेन–जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनाको राजनीतिक जिम्मेवारी खेपिरहेका ओलीलाई नेताहरूले पद त्याग्न दबाब दिए पनि उनले नमानेका हुन् ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिए पनि, आफू एक पटक फेरि प्रधानमन्त्रीमा फर्किने योजनामा रहेको स्रोतहरू बताउँछन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गर्दै पार्टी कमिटी नै विघटन गरी आफूलाई संयोजक तोकेका छन् ।

तीनै पुराना दलका नेताहरू कानुनी रूपमा पार्टी नेतृत्वमा भए पनि राजनीतिक र नैतिक वैधताको प्रश्न तीव्र बनेको छ ।

यस्तोमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेतृत्वलाई तीन किसिमको वैधता आवश्यक हुने बताउँदै चेतावनी दिएका छन् । उनका अनुसार अहिलेको अवस्थामा शासन गर्न कानुनी वैधता (संख्या), राजनीतिक र नैतिक आचरण चाहिन्छ ।

उनले देशको अहिलेको अवस्थामा कानुनी संख्यालाई मात्रै मान्न नसकिने बताएका छन् । ‘आजका लागि शासन गर्न कानुनी (संख्या), राजनीतिक र नैतिकसहित तीनवटा वैधता चाहिन्छ’, उनले भनेका छन्, ‘जब राजनीतिक र नैतिक वैधता गुम्छ, कानुनी वैधता पनि स्वतः समाप्त हुन्छ ।’

भट्टराईले यो सिद्धान्त क्लब, संस्था, पार्टी वा राज्य—सबै क्षेत्रमा समान रूपमा लागू हुने राजनीतिक र कानूनी नियम भनेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ५१ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका