भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्थामा चारवटा कागज पेश गरे पुग्ने « Khabarhub

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्थामा चारवटा कागज पेश गरे पुग्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि तोकिएको छ बुँदे मापदण्ड खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ।

गृह मन्त्रालयको २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, अब भिजिट भिसामा विदेश प्रस्थान गर्न इच्छुक नेपाली नागरिकले केवल चारवटा कागजात पेश गरे पुग्नेछ।

विभागले यो निर्णय सार्वजनिक गर्दै सबै नेपालीलाई कुनै पनि विचौलियाको प्रभावमा नपरी निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।

नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात
१. कम्तीमा ६ महिना वैधता भएको राहदानी,
२. सम्बन्धित देशको भिसा (वा अनअराइभल भिसा प्रदान गर्ने देशका लागि त्यस्तो प्रमाण),
३. गन्तव्यसम्मको हवाई टिकट,
४. भ्रमणको प्रयोजन स्पष्ट गर्दै स्वघोषणा।

विभागका अनुसार यो निर्णय अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (२)(ख) मा संशोधन गरी गरिएको हो। यसअघि लागू गरिएको छ बुँदे मापदण्डले भिजिट भिसामा हुने प्रस्थानलाई सहज बनाउने उद्देश्य राखे पनि व्यवहारमा त्यसले अनावश्यक झन्झट र अनियमितता बढाएको भन्दै व्यापक आलोचना भएको थियो।

अध्यागमन विभागले भनेको छ, ‘भिजिट भिसाका नाममा हुने अनियमितता र नागरिकलाई हुने हैरानी अन्त्य गर्न सुधारका काम निरन्तर भइरहेका छन्। नयाँ व्यवस्था नागरिकमैत्री र पारदर्शी बनाउने लक्ष्यका साथ लागू गरिएको हो।’

यस्तै, विभागले अध्यागमन नियमन र सहजीकरणबीच सन्तुलन कायम गर्दै राष्ट्रिय सुरक्षाका चुनौती सम्बोधन गर्ने र अध्यागमन प्रशासनमा सुशासन कायम गर्ने कार्यलाई मुख्य प्राथमिकता दिएको जनाएको छ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई पनि यो सूचना सबै नागरिकसम्म पुर्‍याउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : ११ बजे

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको