पर्वतका धानबालीमा क्षति पुगेका कृषकलाई गाउँपालिकाले राहत दिइने « Khabarhub

पर्वतका धानबालीमा क्षति पुगेका कृषकलाई गाउँपालिकाले राहत दिइने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्वत–  किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । 

यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पुर्‍याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो ।

यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो । 

गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण सङ्कलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको मूल्याङ्कनका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । 

‘मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको विवरण सङ्कलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने, ‘धान परालमा भएको नोक्सानीको मूल्याङ्कन गरी राहत रकम भुक्तानी गर्ने योजना बनाएका छौँ । यसले गर्दा कृषकले फेरि धान वा अन्य अन्न खरिद गरेर खान सकुन् भन्ने पालिकाको उद्देश्य हो ।’

कृषि ज्ञान केन्द्रले पर्वतका सात वटै स्थानीय तहमा धानबालीमा वर्षाले क्षति पुर्‍याएको जनाएको छ । 

कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले हाइब्रिड धान पाकिसकेकाले काटेको र खेतका गरामा नै भिजेको भनेर केही कृषकले जानकारी गराएको बताइन् । 

काटेर सुकाएका निहिन भिजाएकोभन्दा हावाले ढलाएका सूचना बढी आएको र त्यसमा पनि स्थानीय जातका धानमा बढी क्षति भएको किसानले बताएको सुवेदीको भनाइ छ ।

नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूरै पाकेको धान भने झर्न सक्ने उनको भनाइ छ । 

सुवेदीले मौसमको आगामी अवस्थाका बारेमा जानकारी लिएर मात्रै धान काट्नुपर्ने बताउँदै क्षतिको विवरण सङ्कलनको काम भइरहेकाले अहिले नै यकिन तथ्याङ्क आइनसकेको बताइन् । उनले किसानलाई क्षतिपूर्तिका लागि केन्द्रले पहल गर्ने बताइन् ।  

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : ११ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क