म एउटा मात्रै फिल्म बनाउन आएको होइन, निरन्तर रहन्छु : व्यवसायी गोल्छा « Khabarhub

म एउटा मात्रै फिल्म बनाउन आएको होइन, निरन्तर रहन्छु : व्यवसायी गोल्छा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायी शेखर गोल्छाले निरन्तर फिल्म निर्माणमा रहने घोषणा गरेका छन् ।

डेब्यू निर्माण रहेको फिल्म ‘परान’को प्रिमियरस्थल सुन्धारमा बुधबार दीर्घकालीन सोचका साथ सिनेमा क्षेत्रमा प्रवेश गरेको उनले बताए ।

उनले भने, ‘हामी एउटा मात्रै फिल्म बनाउने होइन । हामी लगातार फिल्म बनाउनेछौं ।’

अर्का व्यवसायिक रञ्चित आचार्य र गोल्छाको संयुक्त लगानी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा ‘परान’ बनेको हो । यो कम्पनीको पहिलो फिल्म हो ।

गोल्छाले भने, ‘लामो सयमदेखि मैले र रञ्जित जीले देखेको सपना हो यो । बाइस्कोप यो धेरै पुरानको कम्पनी हो ।’

राम्रो स्क्रिप्टको चयन गर्दा फिल्म निर्माणमा केही ढिलाइ भएको उनको भनाइ छ ।

पहिलो प्रोजेक्टमा डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’लाई लिए पनि फिल्मप्रति सन्तुष्ट देखिए ।

उनले भने, ‘पहिलो फिल्ममा नै उहाँले राम्रो काम गर्नुभएको छ ।’

आफूहरुको फिल्ममा नेपाली समाजको मौलिक कथा रहेनेसमेत उनले बताए ।

‘परानको कथा नै किन चयन गर्नुभयो ?’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘रेमिट्यान्सले देश चलेको छ तर त्यसको असर घरमा कस्तो छ भनेर देखाउनका लागि हामीले यो कथा चयन गरेको हौं ।’

यसअघि पनि केही उद्योगीहरु फिल्म निर्माणमा आएका थिए । तर, उनीहरु दीर्घकालीनरुपमा यो क्षेत्रमा रहन सकेनन् ।

गोल्छाले दीर्घकलीन लगानीको प्रतिबद्धता व्यक्त गर्नु फिल्म क्षेत्रका लागि खुसीको खबर हो । गोल्छा मुलुकको ठूला घरनाको व्यावसायी/उद्योगी हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : १८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क