आफ्नो हकहितको लागि अदालत नगएको भन्दै सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा « Khabarhub

आफ्नो हकहितको लागि अदालत नगएको भन्दै सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको हकहितको लागि अदालत नगएको भन्दै राजीनामा माग गरेका छन् ।

जेन-जी आन्दोलनपछि अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१, र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (संञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ खारेज गरेपछि आन्दोलनमा उत्रिएका बोर्डका कर्मचारीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डका अध्यक्षको राजीनामा माग गरेका हुन् ।

‘अर्थ मन्त्रालयको निर्णयले बोर्डको सञ्चालक बोर्डले गरेको निर्णय खारेज गरेको हुँदा यसबाट कानुनी दुबिधा सृजना भएको र यस्तो परिस्थितिमा कानुनको अन्तिम व्याख्या गर्ने निकाय अदालत भएको हुँदा, सृजित वर्तमान परिस्थितिको न्यायिक निरूपणका लागि सञ्चालक बोर्डले निर्णय गरेमा कर्मचारी युनियन र संगठन तथा कर्मचारीहरूले आन्दोलन टुङ्गाउँदै काम फर्किने प्रतिबद्धता जनाए पनि बोर्ड अध्यक्ष र सञ्चालक बोर्ड न्यायिक निरूपणको लागि अदालत जान सक्ने संविधान तथा ऐन प्रदत्त अधिकार प्रयोग नगर्ने अडानप्रति खेद प्रकट गर्दछौँ’, कर्मचारी संगठनको विज्ञप्तिमा भनिएको छ ।

आफूहरू संघर्ष टुङ्ग्याएर काममा फर्किन खोजेको तर, अध्यक्ष र बोर्ड सञ्चालकले ठोस पहल नगरेको भन्दै कर्मचारीको हित र विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै कर्मचारी संगठनले माग गरेका छन् । अन्यथा कार्यकक्षमा प्रवेश गर्न नदिने कर्मचारी संगठनको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संगठनको विज्ञप्ति

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : ०३ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली