आफ्नो हकहितको लागि अदालत नगएको भन्दै सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा « Khabarhub

आफ्नो हकहितको लागि अदालत नगएको भन्दै सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको हकहितको लागि अदालत नगएको भन्दै राजीनामा माग गरेका छन् ।

जेन-जी आन्दोलनपछि अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१, र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (संञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ खारेज गरेपछि आन्दोलनमा उत्रिएका बोर्डका कर्मचारीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डका अध्यक्षको राजीनामा माग गरेका हुन् ।

‘अर्थ मन्त्रालयको निर्णयले बोर्डको सञ्चालक बोर्डले गरेको निर्णय खारेज गरेको हुँदा यसबाट कानुनी दुबिधा सृजना भएको र यस्तो परिस्थितिमा कानुनको अन्तिम व्याख्या गर्ने निकाय अदालत भएको हुँदा, सृजित वर्तमान परिस्थितिको न्यायिक निरूपणका लागि सञ्चालक बोर्डले निर्णय गरेमा कर्मचारी युनियन र संगठन तथा कर्मचारीहरूले आन्दोलन टुङ्गाउँदै काम फर्किने प्रतिबद्धता जनाए पनि बोर्ड अध्यक्ष र सञ्चालक बोर्ड न्यायिक निरूपणको लागि अदालत जान सक्ने संविधान तथा ऐन प्रदत्त अधिकार प्रयोग नगर्ने अडानप्रति खेद प्रकट गर्दछौँ’, कर्मचारी संगठनको विज्ञप्तिमा भनिएको छ ।

आफूहरू संघर्ष टुङ्ग्याएर काममा फर्किन खोजेको तर, अध्यक्ष र बोर्ड सञ्चालकले ठोस पहल नगरेको भन्दै कर्मचारीको हित र विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै कर्मचारी संगठनले माग गरेका छन् । अन्यथा कार्यकक्षमा प्रवेश गर्न नदिने कर्मचारी संगठनको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संगठनको विज्ञप्ति

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ४ : ०३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क