जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम « Khabarhub

जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले जेन-जी आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रगतिशील पत्रकार संघले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर नरसंहार गरेको भन्दै त्यसको निष्पक्ष छानबिन र कारबाही आवश्यक रहेको बताए ।

उनले जेन-जी आन्दोलन नेतृत्व विहीन हुँदा त्यसले अर्कै रूप लिएको पनि बताए । जेन-जी आन्दोलनपछि गरिएको संसद् विघटन असंवैधानिक भएको भन्दै सिंहले अदालतले पुनर्स्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे ।

उनले संसद् पुनर्स्थापना नभएर निर्वाचन हुने वातावरण बने आफूहरूको समर्थन हुने बताए ।

उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको समेत उल्लेख गरे । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ५ : ४२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्