विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो « Khabarhub

विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आज बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ ।

सोही समयमा धनकुटामा ५५, ओखलढुङ्गामा ७१, धरानमा ८८ दशमलव दुई, ताप्लेजुङमा ५२ दशमलव आठ, झापाको अनारमनीमा १४९ दशमलव दुई, झापाकै शश्चिरेमा १४९ दशमलव दुई र दमकमा ५२ दशमलव आठ मिलिमिटर पानी परेको कार्यालयका मौसमविद् बाबुराम मिश्रले जानकारी दिए  ।

उनले मोरङको सुन्दरहरैचामा २४ घण्टाको अवधिमा २४८ मिलिमिटर पानी परेर बताउँदै यो प्रदेशमा सबैभन्दा बढी पानी परेको तथ्याङ्क हो भने । 

उनले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले सो क्षेत्रका नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ बस्न र आवश्यक सचेतना अपनाउन आग्रह गरे  ।

सन् २०२१ को अक्टोबरमा विराटनगरमा ३२३ मिलिमिटर पानी परेको थियो । कार्यालयका अनुसार कोशी प्रदेशमा वर्षाको सम्भावना अझै टरेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ४४ बजे

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका