विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो « Khabarhub

विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आज बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ ।

सोही समयमा धनकुटामा ५५, ओखलढुङ्गामा ७१, धरानमा ८८ दशमलव दुई, ताप्लेजुङमा ५२ दशमलव आठ, झापाको अनारमनीमा १४९ दशमलव दुई, झापाकै शश्चिरेमा १४९ दशमलव दुई र दमकमा ५२ दशमलव आठ मिलिमिटर पानी परेको कार्यालयका मौसमविद् बाबुराम मिश्रले जानकारी दिए  ।

उनले मोरङको सुन्दरहरैचामा २४ घण्टाको अवधिमा २४८ मिलिमिटर पानी परेर बताउँदै यो प्रदेशमा सबैभन्दा बढी पानी परेको तथ्याङ्क हो भने । 

उनले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले सो क्षेत्रका नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ बस्न र आवश्यक सचेतना अपनाउन आग्रह गरे  ।

सन् २०२१ को अक्टोबरमा विराटनगरमा ३२३ मिलिमिटर पानी परेको थियो । कार्यालयका अनुसार कोशी प्रदेशमा वर्षाको सम्भावना अझै टरेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ४४ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्