अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह « Khabarhub

अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । 

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सूचना जारी गर्दै अध्ययन बिदा लिए पश्चात् फर्केर सेवा नगर्ने शिक्षक र कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो । 

त्रिविले अध्ययन बिदा लिए पश्चात् त्रिविमा फर्की सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको सर्त उल्लङ्घन गरेको देखिएको बताएको छ ।

सूचनामा अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका/सर्तअनुसार पूरा समय काम नगरेका/सेवाबाट हटाइएका/राजीनामा स्वीकृत गरी बरबुझारथ नगरेका/ राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : ४७ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्