‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’ « Khabarhub

‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा मुद्दा चलाइएको बताएका छन्।

तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले आफूले गर्दै नगरेको कुरामा भ्रष्टाचार मुद्दा लगाइएको बताए ।

‘मैले भ्रष्टाचार गरेको होइन, त्यो भ्रष्टाचारको केस होइन । राज्यलाई हानी नोक्सानी गरेको लेखिएको छ। मैले राज्यलाई के हानी नोक्सानी गरेँ ?’, उनले भने ‘सरकारी जग्गा पतञ्जलिलाई दियो भनिएको छ । एक टुक्रा पनि दिइएको छैन। निजी जग्गालाई हदबन्दीभन्दा बढी भएकाले बिक्री गरेर सट्टापट्टा गरेको हो । हदबन्दीभन्दा बढी जग्गा प्रयोग गर्न दिइने कुरा कानुन बमोजिम गरेको गरेको हो।’

उनले तत्कालीन प्रधानमन्त्री ओलीको आदेशमा आफूलाई फसाइएको दोहोरर्‍याए । ‘केपी ओलीको विशेष आदेशमा मलाई भ्रष्टाचार मुद्दा हालियो’, उनले भने, ‘अख्तियारले तामेलीमा राखिएको मुद्दा ब्यूँत्याइएको हो । ओ‌लीले बदलाको भावले मलाई बदनाम गराएका हुन् ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ३२ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना