‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’ « Khabarhub

‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो’


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा मुद्दा चलाइएको बताएका छन्।

तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधनका क्रममा उनले आफूले गर्दै नगरेको कुरामा भ्रष्टाचार मुद्दा लगाइएको बताए ।

‘मैले भ्रष्टाचार गरेको होइन, त्यो भ्रष्टाचारको केस होइन । राज्यलाई हानी नोक्सानी गरेको लेखिएको छ। मैले राज्यलाई के हानी नोक्सानी गरेँ ?’, उनले भने ‘सरकारी जग्गा पतञ्जलिलाई दियो भनिएको छ । एक टुक्रा पनि दिइएको छैन। निजी जग्गालाई हदबन्दीभन्दा बढी भएकाले बिक्री गरेर सट्टापट्टा गरेको हो । हदबन्दीभन्दा बढी जग्गा प्रयोग गर्न दिइने कुरा कानुन बमोजिम गरेको गरेको हो।’

उनले तत्कालीन प्रधानमन्त्री ओलीको आदेशमा आफूलाई फसाइएको दोहोरर्‍याए । ‘केपी ओलीको विशेष आदेशमा मलाई भ्रष्टाचार मुद्दा हालियो’, उनले भने, ‘अख्तियारले तामेलीमा राखिएको मुद्दा ब्यूँत्याइएको हो । ओ‌लीले बदलाको भावले मलाई बदनाम गराएका हुन् ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ३२ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क