माइक काटिएपछि बोल्न नपाएका झलनाथ पत्रकार सम्मेलनमा बोल्ने « Khabarhub

माइक काटिएपछि बोल्न नपाएका झलनाथ पत्रकार सम्मेलनमा बोल्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दस्तावेज पारित भएको भन्दै तीन दिन लामो केन्द्रीय कमिटी बैठक टुंग्याएकाछन् ।

उनले नेकपा माओवादी केन्द्रसँगको एकताको विस्तृत निर्णय सचिवालय बैठकले गर्ने पनि सुनाएका छन् ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा पूर्णता दिँदै अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनाललाई बोल्न नदिई बैठक सके।

बैठकमा समापन मन्तव्य राख्ने क्रममा अध्यक्ष नेपाल बोल्दाबोल्दै खनालले आफू बोल्न समय मागेका थिए। तर नेपालले बोल्न नदिई माइक काटिएको हो।

अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय सचिवालयलाई जिम्मेवारी दिएको भनेपछि हो-हल्ला भएको थियो।
त्यसपछि खनालले बोल्न मागेका थिए तर उनले केही बेर बोल्न खोज्दै गर्दा माइक काटिएको हो।

सम्मानित नेता आफ्नो कुरा राख्न नपाएकोमा असन्तुष्ट छन्। उनीसहित एकीकृत समाजवादीका डेढ दर्जन नेता माओवादीसँग एकताको विपक्षमा छन् । त्यहीकारण खनालले समापन बैठकमा आफ्नो भनाइ राख्न खोजेका थिए ।

नेपालले आफ्नो भनाइ राख्न नदिएपछि रिसाएका खनालले केही दिनमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ०५ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा