बेमौसमी वर्षाले किसान दोहोरो मारमा « Khabarhub

बेमौसमी वर्षाले किसान दोहोरो मारमा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा – लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा ढल्न थालेपछि सिरहाका किसान चिन्तित बनेका छन् । बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातका कारण भएको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा क्षति पुगेपछि आफूहरू मर्कामा परेको किसानको गुनासो छ ।

गोलबजार –९ का किसान रामपुकार कामतीले सुरुमा खडेरीले रोपाइँमा समस्या पारेको भन्दै अहिले भित्र्याउने बेला झरीले धानबाली नष्ट गरेकामा चिन्ता व्यक्त गरे । उनले भने, “रोप्ने बेलामा खडेरीको मारमा परियो । जसोतसो धान रोपियो । तर भित्र्याउने बेलामा बेमौसमी वर्षाको मारमा परेका छौँ । दुःख गरेर खेती गर्छौैँ, तर प्रकृतिले साथ दिँदैन ।”

कर्जन्हा नगरपालिका–३ बन्दीपुरका जितेन्द्र यादवले बेमौसमी वर्षाले किसानमाथि बज्रपात भएको गुनासो गरे । उनले स्किलले एक हप्तापछि भित्र्याउन सकिने धानलाई पानीले क्षति गरेको उल्लेख गर्दै तत्काल क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत उपलब्ध गराउन सरोकार भएका निकायसँग माग गरे ।

साउनको दोस्रो सातासम्म वर्षा नहुँदा किसानले बोरिङ र जेनेरेटरको पानीले रोपाइँ गरेका थिए । यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार यसपटक खडेरीका कारण ८८ दशमलव १७ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

उनले वर्षासँगै आएको सामान्य हावाले धान ढलेपछि दाना कुहिएर उत्पादन घट्ने अनुमान गरिएको बताए। वर्षा रोकिएपछि मात्र स्थानीय तहको कृषि शाखासँग समन्वय गरी क्षतिको यकिन गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : १६ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा