बेमौसमी वर्षाले किसान दोहोरो मारमा | Khabarhub Khabarhub

बेमौसमी वर्षाले किसान दोहोरो मारमा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा – लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा ढल्न थालेपछि सिरहाका किसान चिन्तित बनेका छन् । बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातका कारण भएको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा क्षति पुगेपछि आफूहरू मर्कामा परेको किसानको गुनासो छ ।

गोलबजार –९ का किसान रामपुकार कामतीले सुरुमा खडेरीले रोपाइँमा समस्या पारेको भन्दै अहिले भित्र्याउने बेला झरीले धानबाली नष्ट गरेकामा चिन्ता व्यक्त गरे । उनले भने, “रोप्ने बेलामा खडेरीको मारमा परियो । जसोतसो धान रोपियो । तर भित्र्याउने बेलामा बेमौसमी वर्षाको मारमा परेका छौँ । दुःख गरेर खेती गर्छौैँ, तर प्रकृतिले साथ दिँदैन ।”

कर्जन्हा नगरपालिका–३ बन्दीपुरका जितेन्द्र यादवले बेमौसमी वर्षाले किसानमाथि बज्रपात भएको गुनासो गरे । उनले स्किलले एक हप्तापछि भित्र्याउन सकिने धानलाई पानीले क्षति गरेको उल्लेख गर्दै तत्काल क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत उपलब्ध गराउन सरोकार भएका निकायसँग माग गरे ।

साउनको दोस्रो सातासम्म वर्षा नहुँदा किसानले बोरिङ र जेनेरेटरको पानीले रोपाइँ गरेका थिए । यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार यसपटक खडेरीका कारण ८८ दशमलव १७ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

उनले वर्षासँगै आएको सामान्य हावाले धान ढलेपछि दाना कुहिएर उत्पादन घट्ने अनुमान गरिएको बताए। वर्षा रोकिएपछि मात्र स्थानीय तहको कृषि शाखासँग समन्वय गरी क्षतिको यकिन गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : १६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति