पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर « Khabarhub

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशका केही जिल्लामा असर गरेको छ ।

आज राति कोशी केन्द्रित भएर वर्षा हुने जनाउँदै विभागका सूचना अधिकारी दिनकर कायस्थले रातिबाट क्रमशः सुधार हुँदै जाने पनि बताए । काठमाडौँ उपत्यकालगायत मध्यक्षेत्रमा वर्षा घट्दो क्रममा रहेको पनि विभागले जनाएको छ ।

विभागकाअनुसार हाल मोन्था चक्रवात भारतको छत्तिसगढ आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकामा आज रातिबाट सो प्रभाव कम भई क्रमिक रूपमा मौसममा सुधार हुनेछ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

उनले अहिले कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको जानकारी दिए । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज राति कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन, सडक तथा हवाई यातायातका क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले सबैमा अनुरोध गरेको छ ।

कहाँ कति भयो वर्षा ?

विभागबाट प्राप्त साँझ ७ः०० बजेको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा सबैभन्दा बढी २५० मिलीमिटर वर्षा भएको छ । यो अतिभारी वर्षा हो । झापामा १७२, उदयपुरमा १०३, इलाममा १५५ मिलीमिटर, गोरखामा १६५, मनाङमा ११२.८ मिलीमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।

लमजुङमा ८४, सिरहामा ८३ मिलीमिटर वर्षा भएको छ । अन्य धेरै मापन केन्द्रमा ५० देखि ८० मिलीमिटरबीचमा वर्षा भएको छ । अघिल्लो मनसुनी वर्षामा इलाममा २५० मिलीमिटरमाथि वर्षा हुँदा बाढी र पहिरोले ठूलो जनधानको क्षति पुर्याएको थियो । त्यसैले मौसम विज्ञान विभागले आज राति पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : २२ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु