वामपन्थी धारका दलबीच ध्रुवीकरणको सुखद् सुरुआत: माधव सापकोटा « Khabarhub

वामपन्थी धारका दलबीच ध्रुवीकरणको सुखद् सुरुआत: माधव सापकोटा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच वाम एकताको प्रक्रिया अघि बढेको छ। माओवादी केन्द्रका नेता माधव सापकोटाले सामाजिक सञ्जालमार्फत दुई पार्टीबीच सुरु भएको एकता प्रक्रियाको स्वागत गर्दै सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, पहल र संयोजनमा वामपन्थी धारका दलबीच फेरि एकपटक ध्रुवीकरणको सुखद् सुरुआत भएको हो।

सापकोटाले लेखेका छन्, ‘आजै मात्र नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ। निर्णयको स्वागत गर्दै एकता प्रक्रियामा जोडिन लाग्नुभएका सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु।’

उनले समयको मागअनुसार फराकिलो छाती बनाएर र खुला छलफलका माध्यमबाट पार्टीलाई अघि बढाउन सबै तयार रहनुपर्ने बताए। सापकोटाले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सानातिना मतभेद बिर्सेर एकताबद्ध बन्न सबै वाम घटकलाई आह्वान पनि गरेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ४० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क