वामपन्थी धारका दलबीच ध्रुवीकरणको सुखद् सुरुआत: माधव सापकोटा « Khabarhub

वामपन्थी धारका दलबीच ध्रुवीकरणको सुखद् सुरुआत: माधव सापकोटा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच वाम एकताको प्रक्रिया अघि बढेको छ। माओवादी केन्द्रका नेता माधव सापकोटाले सामाजिक सञ्जालमार्फत दुई पार्टीबीच सुरु भएको एकता प्रक्रियाको स्वागत गर्दै सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, पहल र संयोजनमा वामपन्थी धारका दलबीच फेरि एकपटक ध्रुवीकरणको सुखद् सुरुआत भएको हो।

सापकोटाले लेखेका छन्, ‘आजै मात्र नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ। निर्णयको स्वागत गर्दै एकता प्रक्रियामा जोडिन लाग्नुभएका सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु।’

उनले समयको मागअनुसार फराकिलो छाती बनाएर र खुला छलफलका माध्यमबाट पार्टीलाई अघि बढाउन सबै तयार रहनुपर्ने बताए। सापकोटाले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सानातिना मतभेद बिर्सेर एकताबद्ध बन्न सबै वाम घटकलाई आह्वान पनि गरेका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ४० बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।