आज २०८२ साल पुस १६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १६ गते बुधबारको राशिफल


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १६ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर ३१ तारिख । पौष शुक्ल पक्षको द्वादशी तिथि । राष्ट्रिय मेलमिलाप दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुची बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन रमाइलो छ । मिष्ठान्न भोजन हुनेछ । सञ्चित धन खर्च हुनेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । शत्रु बढ्नेछन् । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ । आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ ।

कन्या : दिन सामान्य छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : बन्धुसँगको कारोबारबाट काम बन्नेछ । ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । साथीको साथ मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ ।

धनु : मन प्रशन्न हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारले साथ दिँदा मन शान्त बन्नेछ ।

मकर : आफूखुशी खर्च गर्ने बानी कटौती गर्नुपर्ने दिन छ । नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ । स्वदेशको भन्दा विदेशको मोह बढेको देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर जुट्नेछ ।

कुम्भ : बोल्दा सचेत बन्नुपर्ने समय छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ ।

मीन : दिन राम्रो छ । मन प्रशन्न बन्नेछ । स्वास्थ्यको ख्याल नगर्दा शारीरिक शक्ति कमजोर बन्नेछ । मध्य साढेसाती दशा भएकाले बिहान उठेर धार्मिक कार्यमा सहभागी बनेमा राम्रो हुनेछ । विपक्षी शान्त भएकाले तपाईंको काम बन्ने योग छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ५ : ५० बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ