आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन « Khabarhub

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा दिगो पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणमा योगदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मंगलाबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाकी अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिइन् ।

‘अवार्ड कार्यक्रम नेपालको पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणलाई एउटै मञ्चमा अभियानमा जोड्ने अभियान हो, दिगो पर्यटनबिना हिमाल बचाउन सकिँदैन, हिमाल नरहने हो भने नेपालका पर्यटनको पहिचान पनि रहँदैन’, उनले भनिन् ।

गत वर्ष आयोजना गरिएको पहिलो अवार्ड कार्यक्रम सफल भएपछि यस वर्ष पनि निरन्तरता दिइएको उनको भनाइ थियो । उनका अनुसार गत वर्ष पर्यटन क्षेत्र विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख सल्लाहकार नामगेल शेर्पाले पर्वतारोही, आइसफल डाक्टर, मजदुर, पत्रकार, समाजसेवी, अनुसन्धानकर्तालगायतलाई सो अवसरमा सम्मान गरिने बताए । यसका लागि निर्णायक मण्डल गठन गरिएकोसमेत उनको भनाइ थियो । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न व्यक्तिहरूको उपस्थिति रहने उनको भनाइ थियो ।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले विश्व शान्ति सम्मेलनबारे जानकारी दिँदै त्यस अवसरमा जलवायु सङ्कटबाट परेको असरबारे आवाज उठान गरिने बताए ।

सल्लाहकार महेश किरातीले पहिलो पटक सगरमाथा आरोहण भएको दिनको सम्झनामा दुवै कार्यक्रम आयोजना गरिएको बताए । उक्त दिन पर्वतारोहणका लागि ऐतिहासिक दिन मात्रै नभइ नेपाली गौरव, मानव साहासको सुरुआत पनि भएको उनले बताए ।

सन् १९५३  मे २९ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पा पहिलोपटक सगरमाथाको शिखरमा पुगेका थिए । सोही दिनको सम्झनामा उक्त दिवस मनाइँदै आइएको छ । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : १५ बजे

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको