प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७७२  थप भएका हुन् । 

नयाँ मतदातासँगै जिल्लामा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । यसमा पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ र महिला मतदाता सङ्ख्या ४० हजार ४३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यसअघि भने २०७९ निर्वाचनमा महिला थारैले पछि रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए। उनका अनुसार २०७९ सालको निर्वाचनमा ८२ हजार ८७४ मतदाता थिए ।

सूचना अधिकारी मल्लका अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरीनाथ गाउँपालिकामा पुरुष छ हजार ८६७ जना र महिला छ हजार १९६ जना गरी १३ हजार ६३ जना रहेका छन् । यसपछि खाँडाचक्र नगरपालिकामा पुरुष छ हजार १२८ र महिला पाँच हजार ८११ जना गरी जम्मा ११ हजार ९३९ छन् । 

त्यसैगरी रास्कोट नगरपालिकामा दश हजार ५१६ जना, तिलागुफा नगरपालिकामा दश हजार १२५ , शुभ कालिका गाउँपालिकामा नौ हजार ३०९, पलाँता गाउँपालिकामा आठ हजार ६७६, सान्नीत्रिवेणी गाउँपालिका सात हजार ८८० जना, पचालझरना गाउँपालिकामा सात हजार ५३८ र महावै गाउँपालिकामा पाँच हजार ६०० मतदाता छन् ।

जिल्लामा १०३ मतदान स्थल र १२७ मतदानकेन्द्र कायम गरिएका छन् । 
 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  २ : ३४ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल