घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश  « Khabarhub

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा विशेष अदालत नियमावली, २०८० बमोजिम थुनुवा पुर्जी जारी गर्दै सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेश गरेको हो।

अदालतका सदस्य सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विशेष सरकारी वकिल कार्यालयका तर्फबाट प्रस्तुत प्रमाण, अडियो संवादको फरेन्सिक प्रतिवेदन, बैंक स्टेटमेन्ट, फोन सम्पर्क विवरण, एसएमएस र फोटोहरूलाई प्रारम्भिक रूपमा विश्वसनीय ठहर गरेको छ। 

अभियोग अनुसार प्रतिवादी गुप्ताले विभिन्न नियुक्ति र सरुवाका विषयमा घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत कार्य गरेको आरोप छ। प्रतिवादी गुप्ताले आरोप अस्वीकार गर्दै उजुरी र अडियो रेकर्ड गलत भएको दाबी गरेका थिए।

घुस प्रकरण : राजकुमार गुप्तापछि रञ्जिता श्रेष्ठले पनि अख्तियार पुगेर दिइन् बयान

यसअघि पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी थिइन् ।

७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री गुप्ताले राजीनामा दिएका थिए । गुप्ताले मंगलबार मात्रै अख्तियार पुगेर ‘भ्वाइस टेस्ट’ र आवश्यक बयान दिइसकेका छन् ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार बोलाएको थियो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भए भने श्रेष्ठ बुधबार बिहान हाजिर भएकी हुन् ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : १९ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन