सशस्त्रका डीएसपी कोइरालाको निधन « Khabarhub

सशस्त्रका डीएसपी कोइरालाको निधन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ।

बुधबार बिहान चक्कर लागेर बेहोस् भएका कोइरालालाई उपचारका लागि दिउँसो फिस्टेल एयरको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो। काठमाडौँको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा उनको साँझ मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बुधबार बिहान सीमा क्षेत्र मानेभन्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका कोइराला कार्यालय आएपछि ढलेका थिए। तत्काल उपचारका लागि पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै फिक्कल अस्पताल लगिएको थियो।

लम्जुङ घर भई ललितपुरको बालकुमारी बस्दै आएका कोइराला २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका थिए। उनी उक्त गुल्ममा एक हप्ता अघि मात्रै काजमा खटिएका थिए।

गुल्ममा हाजिर भएको एक हप्तामै उनको मृत्यु भएको हो। यसअघि उनी नं २० विपद उद्धार गुल्म सिनामंगलमा कार्यरत थिए।

डीएसपी कोइरालाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ९ : ४६ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी