सशस्त्रका डीएसपी कोइरालाको निधन « Khabarhub

सशस्त्रका डीएसपी कोइरालाको निधन


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ।

बुधबार बिहान चक्कर लागेर बेहोस् भएका कोइरालालाई उपचारका लागि दिउँसो फिस्टेल एयरको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो। काठमाडौँको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा उनको साँझ मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बुधबार बिहान सीमा क्षेत्र मानेभन्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका कोइराला कार्यालय आएपछि ढलेका थिए। तत्काल उपचारका लागि पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नहुने भन्दै फिक्कल अस्पताल लगिएको थियो।

लम्जुङ घर भई ललितपुरको बालकुमारी बस्दै आएका कोइराला २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका थिए। उनी उक्त गुल्ममा एक हप्ता अघि मात्रै काजमा खटिएका थिए।

गुल्ममा हाजिर भएको एक हप्तामै उनको मृत्यु भएको हो। यसअघि उनी नं २० विपद उद्धार गुल्म सिनामंगलमा कार्यरत थिए।

डीएसपी कोइरालाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ९ : ४६ बजे

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक