सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत « Khabarhub

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज अपराह्न ५ बजेसम्मका लागि हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८ः३० देखि अपराह्न ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् ।

प्रशासन कार्यालयका अनुसार कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा भने जारी रहेको । यस अवधिमा तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन भने पाइने छैन ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको १ र ५ नम्बर वडा अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  १० : ०७ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा