मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा « Khabarhub

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा नभई जनसेवा र मानव सेवाको सबैभन्दा ठूलो माध्यमका रूपमा लिनुपर्ने बताएका छन् ।

शनिबार पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्‌घाटन गर्दै सभापति थापाले सार्वजनिक सेवाप्रति समर्पित राजनीति नै समाज रूपान्तरणको आधार हुने धारणा राखे।

उनले विपद् व्यवस्थापनमा सीप, तयारी र व्यवस्थित संयन्त्रको आवश्यकता औंल्याउँदै विपद्को समयमा केवल भावना, इच्छा वा स्वतःस्फूर्त रूपमा गरिने प्रयास मात्र पर्याप्त नहुने बताए। प्रभावकारी उद्धार तथा राहतका लागि प्रशिक्षित जनशक्ति र पूर्वतयारी अनिवार्य रहेको उनको भनाइ थियो।

सभापति थापाले देशका सबै ७५३ स्थानीय तहमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै उक्त संयन्त्र घटना भएपछि मात्र सक्रिय हुने नभई वर्षभरि नै विपद् जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि र पूर्वतयारीका कार्यक्रम सञ्चालनमा केन्द्रित हुने बताए।

उनले प्राकृतिक विपद्का पीडितप्रति गहिरो सहानुभूति राख्दै उनीहरूले भोग्ने आर्थिक, सामाजिक तथा व्यक्तिगत क्षतिलाई संवेदनशील ढंगले बुझ्नुपर्ने आवश्यकता औंल्याए। आधुनिक समाजमा मानवीय संवेदनाभन्दा सामाजिक सञ्जालमा देखिने प्रतिक्रियालाई बढी प्राथमिकता दिने प्रवृत्तिको समेत उनले आलोचना गरे।

सभापति थापाले विपद् व्यवस्थापनमा राजनीतिक दल, स्वयंसेवक र समुदायबीचको समन्वयलाई सुदृढ बनाउँदै जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  २ : १९ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका