सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी « Khabarhub

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि ४० वर्ष समूहका रहेको पाइएको छ । बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यकाबाहेक प्रदेशभित्र भएका एक हजार ९२४ दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् एक हजार ४२९ वटा दुर्घटना सो उमेर समूहका चालकले गराएका छन् ।

यस्तै, २५ प्रतिशत अर्थात् ६७९ वटा दुर्घटना १६ देखि २५ वर्ष उमेर समूहका चालकले सवारी चलाउँदा भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार ४० वर्षमाथिका सवारी चालकले २५ प्रतिशत दुर्घटना गराएका छन् । युवा पुस्तामा सवारी तीव्र गतिमा हाँक्ने जोस बढ्दा दुर्घटना गराउने चालक युवा पुस्ताका बढी भएका हुन् ।

ती दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २५ वर्षभन्दा माथि उमेर समूहका धेरै रहेका छन् । सो उमेर समूहका २६७ जनाको मृत्यु भएको छ भने १६ देखि २५ वर्ष उमेर समूहका ५९, छदेखि १६ वर्ष उमेर समूहका सात र छ वर्षदेखि तलका उमेर समूहका सात जना रहेका छन् । घाइते हुनेको सङ्ख्या पनि सोही अनुपातमा रहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा तीव्र गतिका कारण एक हजार ४१, चालकको लापरबाहीले २४०, यात्रुको गल्तीले १५४, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११९ र यान्त्रिक गडबडीले १२१ वटा दुर्घटना भएका छन् । यस्तै, सडकको अवस्थाका कारण १०७ वटा ‘ओभरटेक’ गर्दा ७२, मौसमको खराबीले चौपायका कारण १०, ओभरलोड भएर आठ र अन्य कारणले ३८ वटा दुर्घटना भएको उनले जानकारी दिए । यस कार्यालयले काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ६ : ४७ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी