ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी « Khabarhub

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको विनाशकारी हिमपहिरोपछि बेपत्ता सात आरोहीको खोजी अभियान शनिबार बिहानदेखि फेरि जारी  छ।

उच्च हिमाली उद्धार टोली र हाई(अल्टिच्युड पोर्टरहरूले चुनौतीपूर्ण हिमाली भूभागमा बेपत्ता आरोहीहरूको खोजी जारी राखेका छन्। पाकिस्तानको गिलगिट–बाल्टिस्तान प्रहरीका प्रवक्ताका अनुसार उज्यालो हुनासाथ उद्धार टोली पुनः परिचालन गरिएको हो।

बिहीबार क्याम्प–२ बाट क्याम्प–३ तर्फ उक्लिरहेका बेला १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोमा परेको थियो। विश्वप्रसिद्ध बेलायती–नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको नेतृत्वमा रहेको उक्त टोलीसँग त्यसयता सम्पर्क टुटेको थियो।

शुक्रबार उद्धार टोलीले तीन जनाको शव फेला पारेको थियो। मृत्यु हुनेमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, अमेरिकाकी सारा म्यालोरी र नेपालका पूरबहादुर गुरुङ रहेका छन्।

ओमानी आरोहीको शव स्कर्दुबाट शुक्रबार इस्लामाबाद पठाइएको छ भने नेपाली आरोही पूरबहादुर गुरुङको शव अझै स्कर्दुमै रहेको अधिकारीहरूले जनाएका छन्।

उद्धार अभियानमा पाकिस्तान सेनाको उड्डयन इकाईले हेलिकोप्टर, उद्धारकर्मी तथा विशेष उपकरण परिचालन गरेको छ। 

जमिनबाट भने पाकिस्तानका चर्चित पर्वतारोही सिरबाज खानको नेतृत्वमा रहेको नागरिक उद्धार टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उक्त अन्तर्राष्ट्रिय टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र अन्य सदस्य सहभागी थिए। 

यद्यपि, प्रहरीले सार्वजनिक गरेको विवरणमा अमेरिकी नागरिकको उल्लेख नगरी बेपत्ता टोलीमा एक पुरुष र एक महिला गरी दुई बेलायती नागरिक रहेको जनाएको छ।

ड्रोनबाट प्राप्त दृश्यहरूले थप मानवीय क्षतिको आशंका देखाए पनि लगातारको हिमपात र प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको छ। ड्रोनबाट मान्छेका थप शव देखिए पनि हेलिकप्टर र मानीसहरू जान सकेका छैनन्।

 मौसम अनुकूल हुनेबित्तिकै खोजी अभियानलाई निरन्तरता दिइने अधिकारीहरूले बताएका छन्। विश्वकै कठिन र प्राविधिक हिमालमध्ये एक मानिने ब्रड पिकमा भएको यस दुर्घटनाले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायको ध्यान तानेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ४ : २६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार