सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिएर यहाँको बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले छतबाट हाम फाल्दा मृत्यु भएको हो ।

विश्वविद्यालयको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका विद्यार्थी कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीको भनाइ छ ।

‘उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो’, गिरीले भने, ‘महाकालीले थप उपचारका लागि धनगढी रेफर गरेको र उपचारका क्रममा मृत्यु भएको हो ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ४ : ३१ बजे

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी