तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण « Khabarhub

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ भएको छ। शनिबार एथेन्सको उत्तर–पश्चिममा रहेको लोकप्रिय तटीय रिसोर्ट क्षेत्र जोगाउन सयौँ अग्निनियन्त्रक परिचालन गरिएको छ।

अग्नि नियन्त्रण विभागका अनुसार एथेन्सबाट करिब ७० किलोमिटर उत्तर–पश्चिममा पर्ने भियोटिया क्षेत्रको पोर्टो जेर्मेनोमा ३०० भन्दा बढी अग्निनियन्त्रक खटिएका छन्। विभागका प्रवक्ताले आगो समुद्रसम्म पुगिसकेको र केही घरमा क्षति पुगेको जानकारी दिए ।

‘हावाको गति निकै तीव्र रहेकाले आगो नियन्त्रण प्रयास चुनौतीपूर्ण बनेको छ। विमानहरूले सक्दो प्रयास गरिरहेका छन्, तर प्रतिकूल मौसमका कारण केही विमान सञ्चालन गर्न नसकिएपछि तिनलाई तुलनात्मक रूपमा सहज अवस्था रहेको पेलोपोनेस क्षेत्रको अर्को आगलागी नियन्त्रणमा परिचालन गरिएको छ,’ प्रवक्ताले बताए।

छिमेकी तटीय गाउँ एगियोस भासिलियोस नजिक शुक्रबारबाट सुरु भएको आगलागीपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। सुरुमा केही स्थानीयले उक्त आग्रह बेवास्ता गरे पनि पछि करिब ३०० जनालाई समुद्री मार्गबाट उद्धार गरिएको थियो।

नेसनल अब्जर्भेटरी अफ एथेन्सका वरिष्ठ अनुसन्धानकर्ता तथा डढेलोसम्बन्धी मौसमविद् थियोडोर जियानारोसले पोर्टो जेर्मेनो क्षेत्रमा भएको क्षति अपेक्षाभन्दा बढी रहेको बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विवरणमा प्रभावित क्षेत्र चारदेखि पाँच हजार हेक्टरभन्दा बढी देखिएको छ।

यसै साता ग्रीसका विभिन्न क्षेत्रमा, विशेषगरी लोकप्रिय क्रिट टापुमा, डढेलो फैलिएको छ। आगो नियन्त्रणका क्रममा हालसम्म तीन अग्निनियन्त्रकको मृत्यु भएको छ।

शुक्रबार एथेन्सको पश्चिमी भागमा रहेको हाइडारी उपनगरमा पनि आगलागीको जोखिम बढेपछि केही बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

ग्रीक अधिकारीहरूले शनिबार एथेन्स क्षेत्र, पेलोपोनेस, क्रिटका केही भाग, मध्य ग्रीस तथा टर्कीको सीमा नजिकका क्षेत्रमा डढेलोको उच्च जोखिम रहेको चेतावनी जारी गरेका छन्।

सयौँ टापु रहेको ग्रीसको भौगोलिक अवस्थाका कारण आपत्कालीन उद्धार तथा अग्नि नियन्त्रण टोलीलाई तत्काल परिचालन गर्न चुनौती हुने गरेको छ। भूमध्यसागरीय क्षेत्रका अन्य देशजस्तै ग्रीस पनि जलवायु परिवर्तनको प्रभावबाट प्रभावित हुँदै आएको छ। उच्च तापक्रम, तातो हावाको लहर र लामो समयसम्मको खडेरीका कारण यहाँ हरेक गर्मीयाममा डढेलोको जोखिम बढ्ने गरेको छ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले यस गर्मीयाममा देशले कठिन परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिए। उनले फ्रान्स र स्पेनको तुलनामा गर्मीको सुरुआती चरणमा ग्रीस तुलनात्मक रूपमा सुरक्षित रहे पनि पछिल्लो समय चुनौती बढ्दै गएको बताए।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार