निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली « Khabarhub

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री शाहले पर्वतारोहण केवल शिखर चुम्ने यात्रा मात्र नभएर साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् । हिमालले धेरैलाई शिखरको गौरव दिने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भए तापनि आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनको भनाइ छ।

पाकिस्तानको काराकोरम पर्वत-शृङ्खलामा अवस्थित ब्रोड पिकमा निर्मल पुर्जासहित छ जना नेपाली र अन्य चार विदेशी आरोहीको दुःखद निधनको खबरले स्तब्ध बनाएको जनाउँदै उनले दिवङ्गत आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी पूर्व ब्रिटिस गोर्खा सैनिक समेत रहेका चर्चित आरोही पुर्जाका साथै उनका सहयोगी गाइडहरू पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाको ज्यान गएको हो। पुर्जाको कम्पनी इलिट एक्सपिडले सामाजिक सञ्जालमार्फत उक्त दुर्घटनाको पुष्टि गर्दै गहिरो शोक व्यक्त गरेको छ। शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प-१ नजिकै शवहरू फेला परेपछि मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको नेतृत्वमा रहेको उद्धार टोलीले घटनास्थल पुगेर मृतकहरूको पहिचान गरेको थियो।

सन् २०१९ मा ८,००० मिटरभन्दा अग्ला संसारका १४ वटै हिमालहरू ६ महिना ६ दिनमा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान रचेका पुर्जाको साहसिक यात्रामा आधारित ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री नेटफ्लिक्समा निकै चर्चित छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : २६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार