झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ « Khabarhub

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-२ ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादको विषयमा झैझगडा गरेका भन्दै प्रहरीले निजलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका-१६ इनरुवागाउँ बस्ने १८ वर्षका रञ्जित यादवलाई हातपात गरी निज यादवको ओठ तथा नाकमा चोट लागि घाइते बनाएकाले अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको हो । यादवको प्रभु अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सामाजिक सद्भाव बिथोल्ने किसिमका समाचार सम्प्रेषण भइरहेकाबारे गम्भीर ध्यानाकर्षण भएको पनि प्रहरीले जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाइ घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जनाउँदै प्रहरी नायब उपरीक्षक मल्लाले धार्मिक सद्भाव कायम राखी सही समाचार सम्प्रेषण गर्न र धार्मिक सद्भाव कायम राख्नेतर्फ आवश्यक सहयोग पुर्‍याउन हुन सबै सञ्चारकर्मीहरू तथा समुदायहरूमा आग्रह गरे ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ६ : १७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा