मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान « Khabarhub

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल अन्त्य गरी कूटनीतिक माध्यमबाट दिगो शान्ति स्थापना गर्न सम्बन्धित सबै पक्षसँग आह्वान गरेका छन् ।

गुटेरेसले मध्यपूर्वका सबै द्वन्द्वग्रस्त क्षेत्रमा हिंसा रोक्नुपर्ने, क्षेत्रीय स्थायित्व कायम गर्नुपर्ने तथा होर्मुज र बाब अल–मन्डब जलमार्गमा अन्तर्राष्ट्रिय आवागमनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गरिनुपर्ने बताए। उनले क्षेत्रीय संकट समाधानको एकमात्र प्रभावकारी उपाय कूटनीतिक संवाद रहेको उल्लेख गरे।

खाडी क्षेत्रमा सैन्य तनाव बढ्न थालेको छ महिना बितिसकेको उल्लेख गर्दै गुटेरेसले प्रारम्भमा क्षेत्रीय रूपमा सुरु भएको द्वन्द्व अहिले विश्वव्यापी अस्थिरताको प्रमुख कारण बन्दै गएको चेतावनी दिए।

उनका अनुसार होर्मुज जलमार्गबाट हुने व्यापार प्रभावित हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्यवृद्धि भएको, खाद्यान्न तथा मलको मूल्य बढेको र विश्वव्यापी आपूर्ति शृङ्खला अवरुद्ध भएको छ।

गुटेरेसले द्वन्द्वका कारण विशेषगरी आयातमा निर्भर कमजोर मुलुकहरू थप संकटमा परेको बताए। विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० को तथ्यांक उद्धृत गर्दै उनले हाल विश्वभर करिब ४५ करोड मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा रहेको र बढ्दो महँगीले लाखौँ मानिसलाई पुनः गरिबीमा धकेल्ने खतरा रहेको उल्लेख गरे।

महासचिव गुटेरेसले हमासले हतियार त्याग्ने र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने सम्बन्धमा अमेरिकी पहललाई सकारात्मक संकेतका रूपमा स्वागत गरे।

उनले यसअघि सार्वजनिक गरिएको सहमतिलाई कार्यान्वयन गर्ने स्पष्ट आधार रहेको उल्लेख गर्दै कुनै शंका वा अवरोधबिना दुवै पक्षले सम्झौता कार्यान्वयन गर्नुपर्ने समय आएको बताए।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ६ : ५५ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका