बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण « Khabarhub

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने करिब ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण बजेट अभावका कारण अन्तिम चरणमा पुगेर रोकिएको छ। करिब ९० प्रतिशत निर्माण सम्पन्न भए पनि बाँकी कामका लागि आवश्यक बजेट अभाव हुँदा गुम्बा अझै सञ्चालनमा आउन सकेको छैन।

२०७२ सालको विनाशकारी भूकम्पले ढुंगा–माटोबाट बनेको पुरानो गुम्बा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि लामो समयसम्म पुनर्निर्माण हुन सकेको थिएन। करिब नौ वर्षपछि वडा कार्यालय, जिरी नगरपालिका, बागमती प्रदेश सरकार तथा स्थानीय समुदायको आर्थिक सहयोग र श्रमदानबाट पुनर्निर्माण सुरु गरिएको थियो। विभिन्न निकायको सहयोगमा मुख्य संरचना तयार भए पनि अन्तिम चरणको काम रोकिँदा गुम्बा सञ्चालनमा आउन नसकेको हो।

गुम्बा निर्माण उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष मनोज जिरेलका अनुसार पुनर्निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी १० प्रतिशत काम सम्पन्न गर्न अझै २० देखि २५ लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए।

उनका अनुसार वडा कार्यालयबाट १४ लाख, जिरी नगरपालिकाबाट १४ लाख, बागमती प्रदेश पर्यटन विकास आयोजनाबाट दुई चरणमा १७ लाख तथा स्थानीयवासीबाट संकलित करिब १६ लाख रुपैयाँको सहयोगमा गुम्बाको अधिकांश निर्माण सम्पन्न भएको हो। तर बाँकी कामका लागि आवश्यक बजेट विनियोजन नभएपछि निर्माण रोकिएको छ।

बाँकी कामअन्तर्गत शौचालय, विद्युत् जडान, भान्सा, स्नानगृह, पूजा–ध्यान केन्द्र तथा अन्य आवश्यक संरचना निर्माण गर्नुपर्ने समितिले जनाएको छ। यी संरचना पूरा भएपछि मात्रै गुम्बालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने बताइएको छ।

उपभोक्ता समितिका उपाध्यक्ष कालु जिरेलले पुनर्निर्माणको प्रारम्भिक चरणमा स्थानीय तह, प्रदेश सरकार र स्थानीयवासीबाट

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ७ : ०७ बजे

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको