रसुवागढी पावर हाउसको नियन्त्रण कक्षमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह « Khabarhub

रसुवागढी पावर हाउसको नियन्त्रण कक्षमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

भदौ १४ गते आफैँ टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको अनुगमन (रेकी) गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायहरूसँग छलफल भएको जानकारी दिँदै घिसिङले भदौ १५ गते नेपाली सेनाको टोली पहँच सुरुङ भित्र २५० मिटरसम्म पुगेको बताएका छन्।

सुरुङभित्र मानिस नभेटिएको खबर प्राप्त भएको उल्लेख गर्दै उनले आयोजनाका कर्मचारी सुरुङभित्र रहेको पावर हाउसको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मा रहने भएकाले अब पावर हाउसभित्र छिर्ने विकल्प खोजेर उद्धार कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।

“कर्मचारीहरू सुरुङभित्रको पावर हाउसको कन्ट्रोल रुममा रहने हुँदा अब पावर हाउसभित्र छिर्ने उपाय गरी त्यहाँ थुनिएका कर्मचारीको उद्धार तत्काल गरिनुपर्छ,” घिसिङले भनेका छन्।

प्रशासन र सुरक्षा निकायको टोलीले पहिराका कारण अवरुद्ध बनेको सुरुङ सफा गर्दै उद्धार प्रयास जारी राखेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  १० : १७ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ