तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा « Khabarhub

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि निर्माण गरिएको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिका–६ लेलेपको साँघु तथा वडा नम्बर ४ का सुङ्साबू र विपुधाप गाउँका स्थानीय खुशी भएका छन् । 
 
स्थानीय विक्रम लिम्बूका अनुसार पुल नहुँदा वडा नम्बर ५ मा पर्ने ताप्मावा हुँदै घण्टौँ समय लगाएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । बेलिब्रिज सञ्चालनमा आएपछि स्थानीयको आवतजावत सँगै ढुवानीमा सहज भएको छ ।
 
कूल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना प्रवर्द्धक तमोर इनर्जी प्रालिले उक्त बेलिब्रिज निर्माण गरेको हो । तापेथोक बगर र लेलेपतर्फको बगर जोड्ने बेलिब्रिजको लम्बाइ ५४.८ मिटर रहेको छ।
 
जलविद्युत् आयोजना संयोजक सम्झना क्षेत्रीका अनुसार पुल सात करोड ८५ लाख १९ हजार १७६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

यसअघि पनि तमोर इनर्जी प्रालिले फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकालाई जोड्ने सिस्ने खोलामाथि मोटरेबल बेलिब्रिज निर्माण गरेको थियो ।
 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  २ : ३७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका