काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै « Khabarhub

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।  

नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार काठमाडौं आयोजना गरेको कार्यक्रममा राखेप सदस्य सचिव राम चरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । 

भदौ १९ देखि २१ गतेसम्म आयोजना हुने काभा बिच भलिबल टुरमा नेपालबाट दुई पुरुष र दुई महिला टोलीले सहभागिता जनाउने अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । 

पुरुषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडी तथा महिलातर्फ कमला पुन र कोपिला राना तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । 

बिदाइ कार्यक्रममा संघका अध्यक्ष चन्दले बिच भलिबलमा नेपालको इतिहास निकै राम्रो रहेको र विगतका काभा प्रतियोगिताहरूमा महिला टोलीले स्वर्ण पदक तथा पुरुष टोलीले रजत पदक जितिसकेको बताए । 

गत वर्ष पदक जितेका केही खेलाडीहरूले खेलकुद नियमावली २०७९ अनुसार नगद पुरस्कार पाए पनि केही खेलाडीहरू छुट्न गएको उनले बताए । 

उनले छुटेका खेलाडीहरूको विस्तृत विवरणसहितको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पठाइने र नियमावली अनुसार उचित नगद पुरस्कार तथा प्रोत्साहनको व्यवस्था मिलाउन राखेप सदस्य–सचिवसमक्ष आग्रह गरे । 

काठमाडौँबाट उडेर पारो विमानस्थलमा अवतरण भएपछि नेपाली खेलाडी तथा अफिसियलहरूको सम्पूर्ण हेरचाह तथा व्यवस्थापनको जिम्मा भुटान भलिबल संघले लिने प्रतिबद्धता जनाएको उनले बताए  । 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ३ : ५० बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ