एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग « Khabarhub

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार ओरालो लागेका छन् भने अमेरिकी फ्युचर्स र कच्चा तेलको मूल्यसमेत घटेको छ ।

ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ । एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)को सेयर ३.६ प्रतिशतले घट्दा चिप डिजाइन कम्पनी मिडियाटेकको सेयरमा १० प्रतिशतको गिरावट आएको छ ।

दक्षिण कोरियाको कोस्पी परिसूचक ६.२ प्रतिशतले घटेर ४ हजार ६९७.५१ अंकमा झरेको छ । सामसङ इलेक्ट्रोनिक्सको सेयर ९.९ प्रतिशत र एसके हाइनिक्सको सेयर ११.१ प्रतिशतले घटेको छ ।

जापानको निक्केई २२५ परिसूचक २.८ प्रतिशतले घटेर ५७ हजार ११.६२ अंकमा पुगेको छ । ओपनएआईमा लगानी गरेको सफ्टबैंक ग्रुपको सेयर १४.८ प्रतिशतले घटेको छ भने सेमिकन्डक्टर निर्माता किओक्सियाको सेयर १४.२ प्रतिशतले ओरालो लागेको छ ।

हङकङको हाङसेङ परिसूचक पनि ०.३ प्रतिशतले घटेर २२ हजार १५१.२८ अंकमा झरेको छ । त्यस्तै, चीनको साङ्घाई कम्पोजिट परिसूचक १.५ प्रतिशतले घटेर ३ हजार ४९४.७५ अंकमा पुगेको छ । यो एक वर्षभन्दा लामो अवधिकै न्यूनस्तर हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसहित अन्य १५ व्यापारिक साझेदारमाथि थप भन्सार शुल्क लगाउने योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसले विश्व व्यापार र लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

अस्ट्रेलियाको एस एन्ड पी एएसएक्स २०० परिसूचक ०।४ प्रतिशतले घटेर ८ हजार ६९२.४० अंकमा झरेको छ । अस्ट्रेलियामा अक्टोबरको उपभोक्ता मूल्य सूचकांक वार्षिक रूपमा ४.९ प्रतिशत पुगेको छ, जुन बजारको अपेक्षाभन्दा बढी हो । यसले केन्द्रीय बैंकलाई ब्याजदर बढाउन दबाब पर्न सक्ने अनुमान गरिएको छ ।

यसको विपरीत भारतको सेन्सेक्स परिसूचक २.४ प्रतिशतले बढेको छ । यो पछिल्लो छ महिनाकै उच्च स्तर हो । अमेरिकी बजारमा मंगलबार एसएन्डपी ५०० परिसूचक ०.५ प्रतिशतले घट्दै पछिल्ला नौ कारोबार दिनमध्ये आठौँ पटक ओरालो लागेको थियो । नास्डाक कम्पोजिट १.५ प्रतिशतले घट्दा डाउ जोन्स इन्डस्ट्रियल एभरेज भने ०.९ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ९ : १७ बजे

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

कास्की – पोखरामा आजदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

काठमाडौ – परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५०