पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन « Khabarhub

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।

दुई जिल्ला र दुई राजमार्ग जोड्ने ६६ किलोमिटर लामो यस सडकको राप्ती नगरपालिका–११ बेलडाँडामा खसेको पहिरोका कारण आवतजावतमा निकै कठिनाइ भएको हो । साथै अन्य स्थानमा पनि पहिरो खसेको र सडकको दूरावस्था रहेकाले यो सडक मलेखुसम्म पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

२०६६ सालको बजेट भाषणमा समावेश भएर निर्माण प्रक्रिया अघि बढेको यो सडक खण्डमा विगत चार–पाँच दिनदेखि पहिरो जाँदा स्थानीयवासी भीरको बाटोमा ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

मङ्गलबार सोही मार्ग हुँदै राप्तीको विकट क्षेत्र कालिटारतर्फ नागरिकता वितरण गर्न जाँदै गर्नुभएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोली पनि पहिरोको अवरोधका कारण बाटोमै रोकिएको थियो ।

राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले पहिरो खसेपछि पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको जनाउँदै सोही स्थानमा पुगेका प्रमुख जिल्ला अधिकारी अर्याललाई सडक खुलाइदिन आग्रह गरेका थिए । सो क्रममा नागरिकता वितरण टोलीसमेत जोखिम मोलेर पहिरो पार गर्न बाध्य भएको थियो ।

वडाध्यक्ष प्रजाका अनुसार सडकको ठाउँठाउँमा पहिरो खस्दा स्थानीयवासीले ठूलो सास्ती खेप्नुपरेको छ । उनले भने, ‘सडकको दूरावस्थाका कारण हामीले बोलेरो गाडीमा पल्टी गरेर सामान लैजानुपर्ने अवस्था छ, कतिपय स्थानमा मानिससमेत हिँड्न सक्ने अवस्था छैन ।’

सोही क्रममा स्थानीयवासीले पनि प्रजिअ अर्याललाई बाटो राम्रो बनाइदिन अनुरोध गरेका थिए । बुधबारदेखि भने सडक केही हदसम्म सञ्चालनमा आएको वडाध्यक्ष प्रजाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलबार सोही पहिरो र अन्य स्थानमा सडकको दूरावस्थाका बीच बोलेरो गाडीमा पुगेर विकट क्षेत्र राप्ती नगरपालिका–१३ कालिटार र वडा नम्बर १२ यौरालीटारमा नागरिकता वितरण गरेको छ ।

प्रशासनको टोलीले नागरिकता वितरण गर्नुका साथै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक विवरणसमेत सङ्कलन गरेको छ । यो सडक पूर्ण रूपमा सञ्चालनमा आएमा नारायणगढ–मुग्लिन सडकखण्ड तथा कृष्णभीर पहिरोको गतिलो वैकल्पिक मार्गका रूपमा उपयोग हुन सक्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ९ : १६ बजे

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको